– अकेला श्रेष्ठ
आफ्नो नामको पछाडि पुच्छर झुण्ड्याउने चलनले एकताका निकै मार्केट लियो । देशका ठूल्ठूला नेता अभिनेता कवि कविराज साहित्यकार पत्रकार अलपत्रकार सबै त्यसको चपेटामा परे । कत्तिले आजसम्म त्यही पुच्छर हल्लाएर जिविकोपार्जन गर्दैछन् भने त्यसको सिको गरेर कत्तिले आफ्नो नाम अनुहार र स्वभाव सुहाउँदो पुच्छर झुण्ड्याएर खाने जोहो मिलाउँदै पनि छन् । र जसले पुच्छर झुण्ड्याउन बिसे्र वा झुण्ड्याएनन् तिनले नामका पछाडि कुनै न कुनै चिजको पुच्छर झुण्ड्याएरै भए पनि एकपेट मजाले खाईरहेका छन् । पुच्छर झुण्ड्याउनुको अर्थ बुझ्नेहरु अहिले बहुत मजामा छन् तर आफ्नो पुच्छर लौरो न हतियार !
अढाई दशकअघि पुष्पकमल दाहालले आफ्नो नाम ज्यान र स्वभाव सुहाउँदो प्रचण्डु पुच्छर झुण्ड्याए जुन पुच्छरले उनलाइ निकै साथ दियो । किनकि नामको पछाडि ुप्रचण्डु झुण्ड्याए लगत्तै जनयुद्धको खाका कोरियो भारतमा लुकेर यहाँका दलित आदिवासी जनजाति गरिव लाटागाँडाहरुलाइ युद्धका लागि उक्साईए उनीहरुलाइ शाहीसेनासंग भिडाईयो मर्न-मार्न बेपत्ता पार्न र चेलीहरुको अस्मिता लुट्न लगााईयो । र भारतमै बसेर भारतकै बिरुद्ध सुरुङ युद्ध ९त्गललभि धबच० को योजना बन्यो अनि फेरी लुसुक्क दिल्ली दरवार पसेर सत्तामा गएपछि भारत सुहाउँदो काम गर्नेु बिन्तीपत्र पनि चढाउन भ्याईयो । पुच्छरको कमाल हेर्नुस त !
अध्यक्ष कामरेडले त्यसरी नामको पछाडि पुच्छर झुण्ड्याएपछि अनुयायीहरु पछि पर्ने कुरा थिएन सबैले त्यसै गरे । पुच्छर झुण्ड्याउने लहर सबैमा चल्यो । कसैले के झुण्ड्याए कसैले के । आज त्यही पुच्छरको भरमा आफ्नो आफ्नो परिवारजन र पार्टीको भजन कीर्तन गर्ने जो कोहीलाइ पनि ुमान्छे नचिन्नेु या ुचिन्नै नसकिनेु बनाईसकेका छन् ।
नामका पछाडि त्यसरी पुच्छर झुण्ड्याएपछि देशमा घटना-परिघटना यानी दृश्य-परिदृश्यहरु यसरी अगाडि बढे कि त्यसलाइ ुन्चबलम मभकष्नलु का अवयवहरु मान्नुपर्ने भयो र त्यसको खाका यहींका पुच्छ्रे नेताहरुको रोहवरमा दिल्ली दरवारमा कोरिएको ठान्नुपर्ने भयॊ र त्यसरी पुच्छर झुण्ड्याईनुको पछाडि ुन्चबलम मभकष्नलु थिएन भन्नेहरुले समय सन्दर्भसंगै खुल्दैगरेका तथ्यहरुलाई आँखा च्यातेर छातिमा हात राखेर हेर्नुपर्ने हुन्छ । मनन गर्नुपर्ने हुन्छ ।
जमानामा कुनै दिन सोनिया गान्धीका बुढाबुढीलाइ पशुपति नाथ मन्दिरमा प्रवेश गर्न रोक लगाईन्छ त्यसपछि भुट्टोको हत्याको बिरोधमा ०३६ सालको आन्दोलन हुन्छ बहुदल नीलो रङ्ग र निर्दल पहेँलो रङ्ग मध्ये कुनै एक छान्न जनमत संग्रह हुन्छ निर्दलले जित्छ ।
त्यसपछि ०५२ सालमा चालिस बुँदे माग सहित माओवादीबाट जनयुद्धको संखनाद हुन्छ नरसंहारको ताण्डव चल्छ वीचमा दरवार काण्डको वितण्डा मच्चिन्छ त्यसबीच ज्ञानेन्द्रको अभ्यूदय हुन्छ सर्वत्र बिरोध हुन्छ त्यसका बाबजुद निजद्धारा कू गरिन्छ र जननिर्वाचित सरकार अपदस्थ हुन्छ ।
त्यसपछि तीन टाउके दलहरुको रोहवरमा भारतमा बाह्रबुँदे समझदारी हुन्छ जसमा भारतको नाम आउँछ राज्य र बिद्रोहीबाट युद्धबिराम हुन्छ युएन नेपाल पस्छ शिविर खडा गर्छ जहाँ हतियार र लडाका राखिन्छ दरवार र दरवारिया बाहेकका खेमा तह र तप्काबाट उन्नाईस दिनसम्म आन्दोलन हुन्छ राजतन्त्र ढल्छ एजेण्डै नभएको संघीयता र संविधान सभामा जान सबै दल सहमत हुन्छन् निर्वाचन हुन्छ माओवादी आउँछ त्यसपछि एकाएक कटवाल काण्ड मच्चिन्छ शक्तिखोरको भीडीयो टेप सार्वजनिक हुन्छ जसले प्रचण्डलाइ खान्छ फेरी एकाएक मधेस आन्दोलन चर्किन्छ त्यसले माओवादीलाइ सदा सर्वदाका लागि मधेसबाट बढारिदिन्छ चौध दिनसम्म मधेस ठप्प हुन्छ आयात-निर्यात ठप्प हुन्छ पहाडे कच्छाडेहरुको हलुवा टाईट हुन्छ । पछि माओवादीसंग चारबुँदे सहमति हुन्छ र दुवैको चोचोमोचो मिल्छ ।
संविधान नआउनु संविधान सभा बिघटन हुनु असहमति र बिरोधका बाबजुद पुनः संविधान सभाको तिथिमिति तोकिनु बजेट आउनु सामरिक महत्वका एअरपोर्टहरुमा र नेपालको आकाशमा भारतलाइ स्क्यानर र फिल्ड मार्शल राख्न दिईनु बिप्पा सम्झौता गरिनु जोसंग बिन्तीपत्र चढाईयो उसैले आएर त्यसको पोल खोल्नु यो एक्काईसदले प्रपाचादीले सामन्तवादको गन्ध आउने ुपुष्पकमल दाहालु पछाडि झुण्डिएको पुच्छर देख्ना÷सुन्नासाथ नाकै थुन्नुपर्ने अवस्था सृजित भयो । यी सब संयोग मात्रै त होईन होला !
पुच्छरको गाथा र महत्व नबुझेरै होला नामको पछाडि कांग्रेस एमाले माले मधेसी राजावादीहरुले कहिल्यै आफ्नो नामका पछाडि पुच्छर झुण्ड्याएनन् । किनकि जुनै कोण-दृष्टिकोणबाट पनि ती लिँडे देखिए लिँडे नै देखिन्छन् । माओवादी जस्ता पुच्छ्रे हैनन् । सत्ता नजिक भैकन पनि त्यो पकडमा नआउनु सत्ताभोकको सबैभन्दा कमजोर पक्ष हो । प्रतिपक्षका नेता, कार्यकर्ताहरुलाइ सम्भवतः आज त्यही कमजोरीले सताईरहेको छ तर के गर्ने यो उमेरमा आएर नामको पछाडि पुच्छर झुण्ड्याउन मिलेन !
नामको पछाडि पुच्छर झुण्ड्याउने यस्तै चपेटामा परिन् गाउँकी लाट्टी न बाठ्ठी ुप्रेमकुमारीु । अर्जेल बुढाको बुहारी बनेर भित्रिएको केही वर्षमै मामाहरुले राखेको नामको पछाडि अरुलाइ उडाउने महारोगीहरुले त्यस्तो पुच्छर झुण्ड्याई देलान् भनेर तिनले कल्पनै गरेकी थिेईनन् तर झुण्ड्याईछाडे पापीहरुले जुन जीवनभर छुटेन जता गए पनि संगै लिएर हिँड्नुपर्ने भो ।
बिहे भएको पाँच बर्षमा सािहंंलीले आँगनभरी तीनवटी नातिनी नै नातिनी थुपारेपछि ससुरो अर्जेल बुढाको क_िन्सरी तात्यो । उसले आफ्नो गाउँ र छिमेकी गाउँका भएभरका जान्नेहरुलाइ देखायो, ;फुकायो तर कसैले पनि यस्सै हो भनेर किट्नसकेनन् । त्यसपछि बुढाले साहिँला-सािहंली दुवैलाइ बोलाएर तल बेसी गएर बस्ने उर्दी सुनायो । अहिले जस्तो उतिवेला बडाको बचन नाध्ने चलन थिएन दुवै बुढाबुढी काईँकुईँ नगरी बेसी झरे ।
अहिलेको पुस्ताले आफ्ना अभिभावकलाइ गलत देख्नेगरे जस्तै काँचो उमेरका ती दम्पतिले पनि सुरुमा त बुढाको हुकूमलाइ गलत नै ठाने तर पछि उनीहरुलाई लाग्यो कि बिना अर्थ केही नगर्ने नभन्ने बुढाको त्यो हुकूमको पछाडि पक्कै केही अर्थ छ नत्र एक्कासी त्यस्तो हुकूम नदिनुपर्ने भन्ने लाग्यो । र थियो पनि त्यस्तै !
वस्तुभाउ बाँध्न गोठ धान राख्न धन्सार पुरानै भए पनि पराल राख्ने टौवा छँदै थियो । लोग्नेस्वास्नी सुत्नको लागि पहिले पहिले बाउ बुढो सुत्नेगरेको बुढो खाट पनि थियो जुन अलिकति कस्कास् र ठोक्ठाक्पछि तम्तयार भैहाल्यॊ । नहल्लिने बेजोडको ! त्यति पुर्वाधार पाएपछि दुईमा काम कामवासना प्रतिको ईच्छाशक्ति यति जाग्यो कि त्यति ईच्छाशक्ति हाम्रा निकम्माहरुमा हुँदो हो त देशको यो टन्टो उहिल्यै सकिन्थ्यो रहने थिएन ।
अन्त्यमा दिन-रात साँझ-बिहान हिउँद-बर्षा भोक-तिर्खा गर्मी-जाडो केही नभनी गरिएको मिहेनतले असर पनि देखायो । महिनावारी रोकियो । पेट फुल्नथाल्यो फुल्दैगयो । लोकतन्त्र प्राप्तिपछि हामी रमाएजस्तै पंख फडफडाएर ती प्रणयाकाशमा गोता लाउनथाले । एक कान-दुई कान-मैदान हुँदै दुई दुई थान कानका धनी गाउँलेहरुको कानको बाटो भएर त्यो समाचार अर्जेल बुढाको कानसम्म पनि पुग्यो जुन सुनेर सेताम्य फुलेर पनि बेसारको दागले पहेंलिएका जुँगाले छोपेको बुढाको ओँठ मुसुक्क मुस्कायो ।
तर बुढाको मुस्कानतिर कसैले ध्यान दिएनन् । समाचारमा मात्रै ध्यान दिए । अनुमान मात्रै गरे । अनुमान यो कि हो न हो छोरो पाउँन त बेसीे झर्नुपर्ने रैछ । संविधान सभाको निर्वाचनताका दुई ठाउँबाट चुनाव जित्दा प्रचण्डको अनुहार जस्तो देखिन्थ्यो ठ्याक्कै त्यस्तै अनुहार आफ्नो तरकिवले काम गरेकोमा अर्जेल बुढाको देखियो । देशको ठूलो र गौरवशाली पार्टी बन्दाखेरी माओवादी नेता कार्यकर्तामा जस्तो उन्माद र रौनक छाएको थियो बुहारी ब्याउने सुसमाचारले अर्जेल बुढामा पनि त्यस्तै उन्माद र रौनक छायो । कस्सो कस्सो तरकीवले काम गर् यो र पो ! नत्र जैरीसत्रुका अगाडि बुढालाइ लङ्गोटी जोगाउनै धौ धौ थियो ।
पहिलो बेतमै पुत्ररत्नले हौँसिएका दम्पतिले आफ्नो अभियानमा ुक्रमभङ्गु हुन नदिने र त्यसको लागि हदैसम्मको परिश्रम गर्न पछि नपर्ने निधो गरेर न्वारन सक्नासाथ कुम्लोकाम्लो च्यापेर बुढासमक्ष आफ्नो प्रस्ताव लिएर गए । आफैँले बसालेको नजिर बदल्न बाबु बुढालाई पनि गाह्रो थियो । त्यसकारण काईँकुईँ नगरी बुढाले मुण्टो हल्लाएर स्वीकृति दियो ।
एक साल दुई साल पूरै तीन साल बित्यो । त्यतिभित्रमा तिनले यति पसिना चुहाए कि त्यति पसिना सायद गङ्गालाइ व्रह्मलोकबाट पृथ्वीमा ल्याउने भगिरथले पनि चुहाएनन । तीन साल कसरì