काठमाडौं,४ भदौ नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागु हुनेगरि लोडसेडिङको समय फेरि बढाएको छ । प्राधिकरणका अनुसार आजदेखि हप्तामा ४६ घन्टा लोडसेडिङ हुनेछ । असार १३ गतेदेखि हप्तामा ३५ घण्टा लोडसेडिङ हुँदै आएकोमा आजदेखि हप्तामा ११ घन्टा थप भई ४६ घन्टा पुगेको छ ।
कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत् आपूर्तिमा कटौती भएको र विद्युत्को माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तालिका अनुसार अब हप्तामा चार दिन सात