विकिलिक्सका संस्थापक जुलियन असान्जेले बेलायतको लण्डनस्थित राजदुताबासमा शरण लिएको घटनालाई दक्षिण अमेरिकी देशहरुले समर्थन गरेका छन् । दक्षिण अमेरिकी देशका विदेश मन्त्रीहरुको बैठकले असान्जेलाई राजनीतिक शरण दिने ईक्वेडरको निर्णयप्रति सामुहिक रुपमा समर्थन जनाएका छन् ।
असान्जेले लण्डनस्थित इक्वेडरको दुताबासमा शरण लिएपछि बेलायत समस्यामा परेको बेलायतलाई दक्षिण अमेरिकी देशहरुको निर्णयले गप अफ्ठेरोमा पारेको छ । महिलामाथि यौन शोषणको आरोप खेपिरहेका असान्जेलाई बेलायतले स्वीडेन समक्ष सपुदर्गी गर्ने प्रयास गरिरहेको छ ।
विकिलिक्स वेवसाईट मार्फत अमेरिकी गोप्य सुचनाहरु छताछुल्ल पारेका असान्जेमाथि अमेरिका पनि बदला लिन चाहिरहेको विश्लेषकहरु बताउंछन् ।