मुस्लिम धमाबलम्बीहरुले ईद-उल-फित्र पर्ब धुमधामका साथ मनाउँदै
आज ईद-उल-फित्र मुस्लिम धर्माबलम्बीहरुले विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईउँदै छन् । मुस्लिम धर्ममाबलम्बीले यो पर्वमा एकआपसमा आशिर्वाद तथा शुभकामना आदानप्रदान गरी भव्यरूपमा मनाउने गरेका छन् । मुस्लिम क्यालेन्डरअनुसार नवौं महिनालाई रमजान भनिन्छ । यस महिनामा बालक, वृद्ध-वृद्धा, बिरामी, असक्त, प्रसूति महिला, रजस्वला भएका महिला र दुधे बालकका आमा बाहेक सबै महिला तथा पुरुषलाई रोजा (व्रत) अनिवार्य रहेको छ । मुस्लिम धर्ममा १२-१३ वर्षका महिला, पुरुष वालिग मानिन्छ ।
रमजान महिनाभर बसिने रोजा उपवास यस वर्ष साउन ६ गते प्रारम्भ भई आइतबार भदौ ३ गते चन्द्रोदयको दर्शन गरी रोजा मनाइने भए पनि यस वर्ष भदौ ४ गते रमजान मनाउने निर्णय भएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताउनुभयो ।
इस्लाम धर्ममा आस्था, नमाज, रोजा, जकात र हज मुख्य पाँच आधारस्तम्भ रहेका छन् । रोजा आस्था र विश्वासको परिपक्वता हुनुको साथै ईद यसको पूर्ण सफलता हो । रोजाको शाब्दिक अर्थ शुद्ध आचरणमा रहनु हो । रमजान महिनाभर सूर्योदय हुनु केहीअघि र सूर्यास्तको केहीपछिसम्म रोजा बस्ने प्रचलन रहेको छ । रोजामा पानी खान पनि निषेध गरिएको छ । रमजानलाई पुण्यको महिना मानिन्छ । अनाथ तथा गरिबहरूलाई सहयोग गर्नु मुख्य मानिन्छ । रोजा मन, वचन, कर्म, शरीरसँग सम्बन्धित भएकाले अपराधजन्य शब्द प्रयोग, हातखुट्टाको प्रयोग, आँखाको दृष्टि गलत कार्यमा निषेध गरिएको छ ।
ईद-उल-फित्रका अवसरमा प्रत्येक मुस्लिम धर्मावलम्बीले अनिवार्य ६५ रूपैयाँ सद्हा-ए-फिताका नाउँमा मस्जिदमा जकात (दान) दिने, सामूहिकरूपमा नमाज पढ्ने, वाषिर्क आम्दानीको २.५ प्रतिशत रकम अनिवार्य गरिब-गुरुवालाई जकात दिने गरिन्छ । जकातले आफ्नो सन्चित धन शुद्ध हुने विश्वास गरिन्छ ।
र्इद मुबारक होस् जकातबाट सङ्कलित रकम मदरसा सञ्चालन, इस्लाम धर्मको प्रचारप्रसार, गरिबको लालनपालन, अनाथको शिक्षादीक्षा आदिमा खर्च हुने सचिव मन्सुर बताउनुहुन्छ । रोजा समाप्तीको दिन आफूभन्दा ठूलासँग आशिर्वाद लिने तथा सानालाई आशिर्वाद दिने, एकआपसमा शुभकामना आदानप्रदान गरी विशेष खानाको रूपमा गहुँबाट तयार गरिएको सेवई तथा लच्छा सामूहिकरूपमा खाने प्रचलन रहेको छ ।
अल्लाह