अर्घाखाँचीकी २४ बर्षीय मीना अधिकारी बिगत २ बर्षदेखि बिदेशी मरुभुमि ओमानमा अलपत्र

-शालीकराम आचार्य

 


मस्कट, ओमान । बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमान आएका २ नेपाली चेली बिचल्लीमा परेका छन् । नेपाल सरकारबाट मान्यता प्राप्त मेनपावरको झुठो आश्वासन तथा दलालको चरम ठगीमा परि २ नेपाली चेली ओमानमा अलपत्र परेकी हुन् ।

 

घरेलु कामदारका रुपमा नेपालबाट ओमान पुगेकी अर्घाखाँचीकी २४ बर्षीय मीना अधिकारी बिगत २ बर्षदेखि बिदेशी मरुभुमि ओमानमा अलपत्र परेकी छन् । गरिबी र अभावका कारण बिदेशीन बाध्य भएका नेपाली चेलीहरु कथित मेनपावर सचालक नेपाली दाजुभाइकै गलत नियतका कारणले बिदेशी पराई भुमिमा चौतर्फी रुपमा लुटिन बाध्य भएका छन् ।

 

घरेलु कामदारका रुपमा घरभित्रै काम गर्ने र राम्रो पारिश्रमिक पाउने झुठो आश्वासनमा ओमान आएका धेरै नेपाली चेलीहरु यस्तै बिचल्लीमा पनॆ्र गरेको घटना यसअघि पनि पटक पटक सार्बजनिक भईसकेका छन् । धन कमाउने मिठो सपान बुनेर बिदेशिएकी मिना पनि मेनपावर कम्पनीको चरम ठगीका कारण यसको प्रत्यक्ष शिकार बनेकी हुन् ।

 


युएईमा रहेको रोशनी मेनपावर मार्फत् गत २०६७ मा दलाल लाई मोटो रकम बुझाएर ओमान आएकी मिनालाई मेनपावर कम्पनीले आश्वासन दिए अनुसारको काम र पारिश्रमिक नमिलेपछि आफु छांगाबाट खसेजस्तै भएको पिडीत मिनाले बताईन् । ओमान आएर काम सुरु भएदेखिनै दैनिकजसो बिस घण्टा भोको पेटमा काम गनुपर्ने आफुले सोचे बिपरित काम गर्नुपर्ने अनि दैनिकजसो मानसिक अनि शारिरीक पिडा खेप्नुपर्ने उनको दर्दानक पिडा छ । आफुले सोचे बिपरित काम गर्नुपर्ने अनि घरमालिकको दैनिकजसो चरम मानसिक दुब्र्यबहार खप्न नसकेकी मिना अन्तयमा गएर बिरानो प्रदेशमा कामै छाडेर बेवारिसे तरिकाले भागेको उनले बताईन् । अर्काको पराई भुमिमा घरमालिकको असह्य ब्यबहारबाट पिडीत बनेकँी मिना कामै छाडेर भागेपछि ओमानमा कि्रयाशिल रहेका केही नेपाली संघ संस्थाको सम्र्पकमा आएर आश्रय लिन बाध्य भएकीछिन् ।

 


खांडी मुलुकमा आएर दुस्ख भोगेका नेपाली चेलीहरुको उद्धार गर्नका लागी केही सहयोगी नेपालीहरुको सकृयतामा खोलिएिको ओमान नेपाली एकता समाजको आश्रयमा अहिले पिडीत मिना सुरक्षित रहेकीछीन् । तर मिनालाई यो भयावह स्थिती सम्म ल्याई पुर्याउने दलाल भने न कसैको नियन्त्रणमा परेको छ नत कुनै कार्यबाहीमा नै परेको छ । मिना अहिले पनि मानसिक पिडामा छट्पटाएकी छिन् भने नेपाल फर्कने झिनो आशा समेत आशामै सिमित बनेको छ ।

 


ओमानमा अलपत्र अवस्थामा परेकी मिनालाई सकुशल नेपाल फर्काउने र उनलाई ओमान ल्याएर अलपत्र अवस्थामा पार्ने दलाललाई कार्वाहीका लागी आवश्यक पहलको थालनि गरिएको एकता समाजले बताएको छ । यस्तै मेनपावर तथा फटाहा दलालहरुको छलकपटमा परेर मिना जस्तै अर्की नेपाली चेली पनि बिदेशी मरुभुमि ओमानमा बिचल्लीमा परेकी छिन् । रसुवा जिल्लाको राम्चे गाविसकी बुट्टी मायाँ तामाङ पनि ओमान मुलुकको राजधानी मस्कट शहरमा बिगत २ महिना देखि अलपत्रमा परेकी छिन् । घरेलु कामदारकै रुपमा ह्वाईटहस्र ईन्टरनेशनल मेनपावर अनामनगर काठमाण्डौं माफ्र्त नेपालबाट ओमान पुगेकी बुट्टी मायाँले पनि जीबनमा कहिल्यै भोग्नु नपरेको दःुख भोगेको बरर आंशु झार्दै बताईन् । मेनपावर कम्पनीको मिलेमतोमा दलालले आफुलाई ओमान को शोहार नामक स्थानमा ल्याएर अलपत्र पारेको उनले बताईन् । घरेलु कामदारका रुपमा ओमान आएर धन कमाई नेपाल फर्कने बुट्टी मायाको सपना सपनामै सिमित भएको छ ।

 


काम गरेबापत मासिक ओमानी ७० रियल अर्थात् नेपाली पन्ध्र हजार रुपैयां दिने सर्तमा आएकी उनलाई ३ ४ महिनाको जम्मा ५० रियल अर्थात् नेपाली दश हजार रुपैयां मात्र दिने गरेको उनले बताईन् । घरमालिकको दैनिक जसो मानसिक तनाब अनि शारिरीक यातनाले गर्दा बुट्टी माया ओमानमा लामो समयदेखि प्रतादित बन्नुपरेको उनको दुःखेसो छ । साहु संग चर्को ब्याजमा लिएको ऋण तिर्ने धोको त कता हो कता अब सकुशल नेपाल फर्कने समस्याले अहिले उनि मानसिक पिडामा परेकीछीन् । शारिरीक र मानसिक रुपमा पिडीत बनेकी बुट्टी मायाले अन्त्यमा कामनै छाडेर भागेपछि ज्यान जोगाउन सफल भएकी थिईन् भने अहिले ओमान नेपाली एकता समाजको आश्रयमा उनि संरक्षणमा रहेको समाजले जनाएको छ । ओमान लगायत बिभिन्न खांडी मुलुकमा गरिबी र अभावका कारण बिदेशिएका नेपाली चेलीहरु म्ानसिक तथा भौतिक दुब्र्यबहार भोग्नु परेको छ ।

 


बिदेशी मुलुकमा नेपालीचेलीहरु दैनिक जसो दुब्र्यबहार खेप्नुपर्ने बाध्यता भएपनि नेपाल स्थित सम्बन्धित निकाय तथा नेपाल सरकार भने मौन बसेको छ । ओमान लगायत बिभिन्न खांडी मुलुकमा नेपाली चेलीहरु शारिरीक तथा मानसिक रुपमा पिडीत भएको घटना दिनप्रतिदिन सार्बजनिक भएपनि समस्या समाधानका लागी भने कुनै पहल भएको छैन । जसले गर्दा नेपाली चेलीहरु बिदेशी भुमिमा बिचल्लीमा पर्नुपरकॊ छ । ओमानमा रहेका नेपाली चेलीबेटी तथा नेपाली कामदारहरुको सुरक्षाका लागी नेपाली राजदुतावास खोल्नुपर्ने ओमानमा रहेका नेपलाीहरुको बिगत देखिनै माग भएपनि नेपाल सरकारले भने ओमानका नेपालीहरु को कुनै वास्ता नै नगरेको ओमान नेपाली एकता समाजले जनाएको छ ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।