काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दल र नेविसंघले आज दाङ र प्युठान जिल्ला बन्द गराएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदालतको फैसला पुर्वाग्रही भएको आरोप लगाउंदै नेविसंघले दाङ जिल्ला वन्द गरेको हो ।
सर्वोच्च अदालतले फैसला पूर्नविचार गर्नुपर्ने माग बन्दकर्ताको छ । माउ पार्टी नेपाली काग्रेसले फैसलामा न्यायिक पुनरावेलाकनका लागि निवेदन गर्ने निर्णय गरे पनि भातृ संस्थाका कार्यकर्ताहरु अदालतकै आदेश विरुद्ध सडकमा उत्रिएका हुन् ।
यसैगरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाको माग्दै नेपाल तरुण दलले जिल्ला बन्दको आह्वान गरेको छ ।
– RSS