अर्घाखाँची बाट बिदेशमा गएर रोजिरोटी गरिरहेका सम्पूर्ण युवाहरु लाई एक जुट बनाएर विश्व सन्जाल बनाउन अर्घाखाँची सम्पर्क समिति यूएई का अध्यक्ष राजु खड्काले अनुरोध गरेका छन । विश्वका बिभिन्न मुलुकमा कार्यरत आम-अर्घेली युवाहरु लाई एकै ठाउँमा उभ्याउन र परेको बेला एक अर्कामा सहयोगी हात फैलाउन सहयोग मिल्ने किसिमको ब्यबस्था गरी अघी बड्न उनले यस्तो अपिल गरेका हुन । हामी विश्वका बिभिन्न मुलुकमा छौ तर पनि हमरो गृहजिल्ला एउटै भएको र परेकोबेला सबैमा सहयोग मिल्ने किसिमको ब्यबस्था गरी एउटा अर्घाखाँची बासीको विश्व सन्जाल बनाउन सके राम्रो हुने भन्दै खड्काले एक प्रेस विज्ञप्ती निकालेर यस्तो उल्लेख गरेका हुन ।
प्रस्तुत छ अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष खड्का द्वारा जारिगरिएको प्रेस बिज्ञप्तीको ( लेखको )पूर्ण पाठ
आजको २१ औंशताब्दि आधुनिकिकरण र प्रबिधिको युग हो । समयको बहावसँगै यसले प्रत्येक व्यक्ति र समाजलाई असर र प्रभाव उत्तिकै पारेको छ । नयाँ नयाँ प्रविधिको बिकासले जिवन यापनमा सहजता थपिदिएको छ साथसाथै दैनिक उपभोग्य वस्तुहरुमा महंगीको भार थेगिनसक्नु भएको छ । देशमा चलिरहेको राजनैतिक अस्थिरता र आर्थिक शिथिलताले रोजगारीका अवसरहरु नहुँदा जिवनयापनमा विकल्पको खोजिमा विदेशनु वाहेक अर्को बिकल्प हामी माझ छैन । पारिवारिक समस्याहरु समाधान होस र उज्यालो भविश्यको खोजिमा आज लाखौं युवायुवतिहरु स्वदेशमा उचित मात्रामा रोजगारी अवसरहरु नपाउनुका कारण आफूसँग भएको सिप, क्षमता र कलालाई थाति राख्दै जिवनका अमुल्य समयलाई सिमित प्रतिफलमा मात्र सम्झौता गरेर मनमा बितिष्णाका रागहरु जप्दै बिदेशि भूमिमा दौडनेहरुको संख्या दिनानुदिन उकालो लागिरहेका छ । हुन त परिवार सक्षम भएपछि मात्र समाज सबल र सक्षम बन्न सक्छ र परिणामस्वरुप देशमा पनि आर्थिक र समाजिक परिवर्तनको संभावना रहन्छ । आफ्नो र्स्वर्ग जस्तो जन्मभुमि र मायाको संसाररुपि घरलाई छोडेर बिदेशिनुको पिडा सामान्यतया बिदेशिएका बाहेक अरु कसैले अनुभव गर्न सक्छन जस्तो लाग्दैन । थोरै वा धेरै, काँचो र कचिलो अनि मिठो वा नमिठोको साथमा जे जस्तो भएपनि आफ्ना अभिभावक वा पारिवारिक वातावरणमा रमाएर बस्न कसलाई रहर नहोला र -तै पनि विवशता र समयको अगाडि निहिर हुनु नियतिको खेल हो ।
पुर्व पश्चिम राजमार्गसँग जोडिएको एकमात्र पहाडि जिल्ला अर्घाखाँची प्राकृतिक सुन्दरता, बिभिन्न धार्मिक आस्थाका स्थलहरु र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो । कुल ११९३ बर्ग किलोमिटरमा फैलिएर रहेका र ६८ प्रतिशत महाभारत पर्वतिय श्रृखलाले ओगटेको साथै समुदि सतहदेखि ५४४ देखि लिएर ११६८ मिटर सम्म उचाई भएका स्थानहरु यस जिल्लामा पर्दछन ।तर्राईका सम्म मैदानी फाँट देखि महाभारत श्रृखलाका पवर्तमाला देखि लिएर बाँगि खोला, झिमु्रक खोला, सिताखोला, बाणगंगा खोला, रांङसिंग खोला, मथुराबेसि खोला लगाएत अरु थुप्रै खोलाहरु साथै ठाडाको दह र राङलेङको दह पनि हाम्रा चिनारी भएर रहेका छन । धार्मिक आस्थाका केन्द्रिबिन्दुको रुपमा श्री सुपादेउराली माई, अर्घावतीको मन्दिर, छत्रगन्जको मन्दिर, बल्कोट को मन्दिर,आलम देविको मन्दिर, मठ, पार्टीपौवा लगायत पर्यटकिय हिसावले मथुराको नगर, सात्ताले दुगेश्वर गुफा, डिभर्नाको गुफा , सिद्देस्वर गुफा,बाँगिको मालारानी गुफा,पुराना दरबारहरु, पाणिनी तपोभुमि विना अर्घाखाँचीको परिचय अपुरो हुन्छ ।
भौतिक पुर्वाधारमा अब्बल मानिएको जिल्लाका ४२ ओटै गाविस तथा प्रत्येक वडा र टोल टोलमा हिउँदे अस्थायि कच्चि बाटोको विकास भएको छ । जिल्लालाई अरु जिल्लाहरुसँग जोडने पुरानो गोरुसिंगे सन्धिखर्क सडक पक्कि भइसकेको अवस्थामा अरु थप आन्तरिक सडकहरु सन्धिखर्क हसंपुर प्युठान, सन्धिखर्क देखि वाङला हुदै गुल्मी जोडने सडक, पाल्पा बाँसारुख पाली हुँदै घुम्ती सडक, सन्धिखर्क धारापानी लगाएतका सडकहरु पनि स्तर उन्नतिको अवस्थामा रहेका छन । स्वास्थ्य सेवा र शिक्षामा पनि क्रमिक विकासको आशा गर्न सकिन्छ । सुचना र संसारलाई अनलाईन खबरका लागि ख्याति प्राप्त अर्घाखाँची डट्कम् र यसै मार्फत विश्वभर सुन्न मिल्ने अर्घाखाँचीबाट संचालित रेडियो अर्घाखाची ,रेडियो देउरालीको उपस्थितिले प्रमुख भूमिका खेलेको छ ।
बिदेशिनु रहर होइन बाध्यता हो, परिस्थितिको उपज तथा बिकल्पको खोजि हो । बैदेशिक रोजगारीको खोजिमा अर्घाखाँची जिल्लाबासीहरुको इतिहास पनि त्यति नयाँ छैन । यकिन तथ्यांक नभएपनि बहुदलिय व्यवस्थाको सुरुवात सँगसँगै शैक्षिक, अर्धशैक्षिक शिपमुक्त बेरोजगार बढनाका कारण छिमेकि मुलुक भारतका बिभिन्न शहरहरु तथा मध्यपुर्वको खाडि अरबियन देशहरु, मलेसिया र केहि युरोपका देशमा यसको पँहुच बढँदै गयो । यसै सिलसिलामा संयुक्त अरब इमिरेट्समा पनि अर्घाखाँचीबासीहरुको गन्तव्य स्थल बन्न पुग्यो । जिल्लाबासी साथिहरुको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै जिल्लाका केहि जुझारु र समाजप्रेमि साथिहरुको सक्रियतामा प्रवासमा जिल्लाबासीसाथिहरुलाई आईपर्ने बिभिन्न किसिमका समस्याहरुलाई सामुहिक रुपमा समाधान तथा संबोधन र उन्नती तथा प्रगतिमा सहयोगको भावनाले सन २००४ मा अर्घाखाँची सर्म्पर्क समिति यूएई गठन गरिएको थियो । तत्पश्चात यस समितिले जिल्लाबासी साथिहरुमाझ “प्रगतिमा साझेदार तथा समस्यामा हिस्सेदार -दुःख सुखमा सँग सँगै”भन्ने नाराका साथ बेला बखतमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । पछिल्लो समयमा आएर सन २०११ मा समितिको पुनरगठन सँगसँगै यस गरिमामय सस्थाको अध्यक्षको जिम्मेवार सुम्पनु भएकोमा म राजु खड्का यूएईमा रहनु भएका सम्पूर्ण अर्घाखाँची जिल्लाबासी साथिहरु प्रति आभारी छु ।
सामाजिक सेवामा र्समपित सँगसँगै केहि कुराहरु सिक्ने र आफ्ना अनुभवहरु बाढ्ने अवसर साथै अरुका बिचारलाई पनि सम्मान र स्वागतका साथ एकआपसमा हातेमालो र सहकार्यमा गर्दै अघि बढनु हाम्रो मुल मर्म हो । बिदेशका कुनैपनि कुनामा रहेपनि आफ्नो समाज र जिल्ला प्रतिको हाम्रो माया, कर्तव्य हर-हमेशा मंस्तिष्कमा रहेको छ । व्यक्तिगत र पारिवारिक रुपमा हाम्रो हैसियत र जिम्मेवार फरक फरक भएपनि सामाजको बिकासमा र सामाजिक सेवामा हामी सबैमा एकताका खाँचो छ । यसरी सामुहिक रुपमा गरिएको सेवा नै प्रभावकारी, पँहुचयोग्य र परिणाममुखि रहन्छ ।जिल्लामा होस वा जिल्लाबाहिर जहाँ जुन रुपमा जिल्लाबासी साथिहरु एकजुट भएपनि यसको कार्य क्षेत्र, उदेश्य र लक्ष्य समान रहेको हुनाले हामीमा सहकार्य, निरन्तर सर्म्पर्क र सामन्जस्यको आवश्यकता रहेको छ । पछिल्लो समयमा छिमेकि देश भारतमा रहेका जिल्लाबासी हुन वा मध्यपुर्व मलेसिया तथा युरोप र अमेरिकामा रहेका अर्घाखाँची जिल्लाबासी हुन क्षेत्रिय रुपमा सांगठनिक र सस्थागत हुने परिपाटि बढेको छ ।
हामीमा छरिएर रहेको सिप, अनुभव होस वा पुँजी यसलाई व्यावसायिक रुपमा सामुहिक लगानी गर्दा प्रभावकारी होला जस्तो लाग्छ मलाई । हामीले दुःखले आर्जन गरेको पसिनाको फल आज बिलासिताका अनावश्यक वस्तुहरुमा खर्च भइरहेका छ अनुत्पादन क्षेत्रमा लगानी बढेको छ जसको नराम्रो परिणामको भागिदार स्वय हामीहरु नै हो । हामी युवा समाजका बाहक, भोलिको सुनौलो बिहानीका पहरेदार र वर्तमानका उत्तरदायि पात्र पनि हौ । जसको लागि अर्घाखाँची जिल्लाका बिभिन्न गाविसहरु तथा सन्धिखर्क नगरपालीकामा रहेका सामाजिक संघ सस्था, युवा क्लवहरु तथा बिदेशमा रहेका अर्घाखाँची जिल्लासँग सम्बन्धीत सम्पूर्ण संघ सस्थाहरुलाई एउटै चौतारीमा एकताबद्ध गराउन साझा चौतारीको आवश्यकता महशुस गरिएको छ । जसले सामाजिक सेवा, सामाजिक बिकास, जनचेतना होस वा उत्पादन मुलक व्यावसायमा लागानीको लागि साझा म्यानडेट राख्दछ । यि र यस्ता खाले बिविध योजनाहरु सहित तपाईहरुको बिचारलाई उच्च कदर गर्दै साझा चौतारी निमार्णमा सहभागी हुन अनुरोध गर्दछु ।
“समाजप्रतिको दायित्व पुरा गर्नु तपाई हाम्रो कर्तव्य पनि हो । “
राजु खडका
अध्यक्ष
अर्घाखाँची संपर्क समिती यूएई
Email : rajukhadka84@gmail.com