संसारमा सायदै कुनै देश होला जहाँ फिलिपेनो युवतीहरू नहुन्। सुन्दर अनुहार, मीठो बोली अनि अंग्रेजी भाषामा दख्खल, इमानदारीपूर्वक सेवा, आम फिलिपिनो युवतीका विशेषता हुन्। घरेलु कामदारदेखि अन्तर्राष्ट्रियस्तरका ठूलठूला कम्पनी र राष्ट्रसंघीय निकायहरूमा फिलिपिनो युवतीहरू भेटिन्छन्।
विश्वका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री पसलहरूमा पनि ग्राहकको सेवामा फिलिपिनो युवतीहरूनै खटिएका हुन्छन्। धेरै फिलिपिनोले अन्तरदेशीय विवाह गरेको पनि पाइन्छ। मायाँमा समर्पण फिलिपिनो महिलाहरूको अर्को विशेषता हो। तर यही समर्पण अभिशाप बनेपछि एउटी फिलिपिनो युवती अहिले नेपालका अदालत, प्रहरी, महिला आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ हुँदै प्रधानमन्त्री कार्यालयको लैंगिक सशक्तिकरण समन्वय इकाइसम्म न्यायको भीख माग्दै भौताइरिइ रहेकी छिन्। उनी हुन्, ३२ वर्षीया चरिना कावि्रडो। आफू बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार सुरेन्द्र फुयालबाट यौन शोषणमा परेको र उनले श्रीमती स्वीकार नगरेपछि अलपत्र परेको बताउने यी चरिनाको कथा निकै लामो छ। उनका अनुसार, सुरेन्द्र र उनी श्रीमान