अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा विन लादेनमा मारिनुमा अमेरिकी रक्षमन्त्री हिलारी क्लिन्टनको मूख्य हात भएको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनलाई मार्न तयार गरिएको मिसनलाई ३ पटकसम्म रद्द गरेका थिए ।
त्यसपछि उक्त मिसनमा रक्षामन्त्री हिलारीले हस्तक्षेप गरेकी थिइन् र चौथो पटक उक्त मिसनलाई पुरा गरेकी थिइन् । जुन मिसन अन्तर्गत सन् २०११ को मे महिनामा विश्वका शक्तिशाली आंतकवादी संगठन आलकायदाका प्रमुख लादेन मारिएका थिए ।
अमेरिकामा प्रकाशित भएको एक नयाँ पुस्तकले यो विषयको खुलासा गरेको हो । उक्त पुस्तकका अनुसार ३ पटक ओबामाले लादेन मार्ने मिसनलाई रद्द गरेका थिए । ओबामाले २०११ को जनवरी, फेब्रवरी र मार्च महिनाको मिसनलाई रोकेका थिए ।