नासाले मंगलग्रहमा पठाएको अन्तरिक्ष यान क्युरोसिटी रोबरको सेन्सर सर्किटमा खराबी





 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा पठाएको अन्तरिक्ष यान क्युरोसिटी रोबरको सेन्सर सर्किटमा खराबी आएको छ ।

 

हावामा रीडीङ ल्याउन प्रयोग हुने सेन्सर सर्किटको खराबीका कारण क्युरोसिटी रोबरले गर्ने थप अध्ययन प्रभावित हुने भएको छ । रकेटद्धारा सन्चालित क्युरोसिटी अवतरणका क्रममा जमीनको पत्थरसंग ठक्कर खाँदा खरबी आएको नासाले जनाउँदै यो ठूलो समस्या नभएको नासाले प्रष्ट पारेको छ ।


नासाको अन्तरिक्ष यान मार्स दुई साताअघि क्युरोसिटी रोभर सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको थियो ।

 

मार्स रोभर मंगल ग्रहमा कम्तीमा दुई बर्षसम्म सक्रिय रहने जनाइएको छ । दुई वर्षे अवधीमा मार्स रोभरले मंगलग्रहमा रहेका खाल्डा र पानीको अवस्था र जीव बाँच्न सक्ने सम्भावनाको खोजी गर्ने वताइएको छ ।

 

मार्स रोभर मोटरबाट चल्ने बाहन हो र यसले पृथ्वीबाट पठाइएका निर्देशनको पालना गर्दै मंगलग्रहमा बिचरण गर्नेछ ।

 

– Agencies