ग्वाटेमालाका पूर्व प्रहरी प्रमुख पेड्रो गार्सिया अरेडोण्डालाई गृहयुद्धको समयमा विद्यार्थी अपहरण काण्डमा दोषी पाइएपछि ७० वर्षको जेल सजाय सुनाइएको छ ।
गार्सिया युद्ध अपराधमा जेल जाने अहिले सम्मकै उच्च प्रहरी अधिकृत हुन् । अपहरणमा परेका विद्यार्थी एड्जर साइन्ज सन् १९८१ देखी अझै वेपत्ता छन् । सन् १९८० मा ग्वाटेमालास्थित स्पेनको दूतावासमा भएको आगलागीमा ३६ जना मारिएको घटनामा पनि गार्सिया संलग्न रहेको आरोप छ ।