अफ्रिकी मुलुक केन्यामा जातिय दंगामा परी कम्तिमा ५२ जनाको मृत्यु

केन्यामा जातिय दंगा कम्तिमा ५२ जनाको मृत्युअफ्रिकी मुलुक केन्यामा जातिय दंगामा परी कम्तिमा ५२ जनाको मृत्यु भएको छ । दक्षिण पुर्वी प्रान्त कोस्टको ताना रिभर जिल्लामा ओर्मा र पोकोमो जातीविचको भिडन्तमा यतिधेरै मारीएका हुन् ।

 

भाला र लाठी प्रहारबाट मारीने अधिकांश महिला तथा बालबालीका रहेको बताईएको छ । दुई जातीविच हिंसा चर्कीएपछि पुरै वस्तीहरु आगो लगाईएको थियो । घटनामा थुप्रै घाईते भएको बताइएको छ ।

 

लामो समयदेखी दुश्मनी साँधीरहेका पोकोमो र ओर्मा सम्प्रदायमा वासिन्दाविच केन्यामा पटक पटक झडप हुँदै आएको छ । सन २००१ मा पनि यी दुई जातीविचको भिडन्तमा १ सय ३० जना मारीएका थिए । स्थानीय पानीको स्रोतमाथि स्वामित्व र आफ्नो वस्तुहरुको लागि चरण क्षेत्रको विवादमा झडप हुँदै आएको छ ।

 

केन्यामा ४ वर्ष अगाडि भएको निर्वाचनको विषयलाई लिएर हालसम्म पनि देशका विभिन्न भागमा जातीय हिंसा भड्किरहेको छ ।

 

– Agencies