पछिल्लो एक दशक अमेरिकाको मध्यमवर्गीय परिवारको लागि आर्थीक दृष्टीले निकै कष्टप्रद भएको एक अध्ययनले देखाएको छ ।
अमेरीकाको पिउ रिसर्च सेन्टरले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वव्यापी आर्थीक संकट, आम्दानीमा कमि तथा उच्च मुल्यवृद्धीले अमेरिकामा मध्यमवर्गीय परिवारको जिवनयापन कष्टकर बनाएको हो ।
प्रतिवेदन अनुसार अमेरिकाको ६२ प्रतिशत मध्यमवर्गिय परिवार दशकैभर आफ्नो खर्च कटाउन बाध्य भएभने आफ्ना सन्तानको भविष्य आफ्नो भन्दा सुरक्षीत र सम्पन्न हुन्छ भनेर विश्वाश गर्ने अमेरीकी परिवारको संख्या पनि ८ प्रतिशतले घट्यो ।
आर्थीक संकटले मध्यमवर्गलाई प्रभावित गर्न थालेपछि आसन्न राष्ट्रपति निर्वाचनका दुबै उम्मेदवार बाराक ओबामा र मिट रोम्नीले यसैलाई मुख्य मुद्धा बनाएका छन् ।
अमेरीकामा झण्डै ५० प्रतिशत वयश्कहरुले आफुलाई मध्यमवर्ग भन्न रुचाँउछन् । वार्षिक ३९ हजार डलरदेखि १ लाख १८ हजार डरलसम्म आम्दानी गर्ने समुहलाई अमेरिकामा मध्यमवर्ग भनिन्छ ।
– Agencies