सफतलाको कथा: माटोमा खेल्दा खेल्दै करोडपति

– वीरेन्द्र केसी


अर्घाखाँची – उमेरले ४५ वर्ष पुगेका किमडाँडाका पुष्करनाथ बञ्जाडे जिल्लाकै नमुना कृषक हुन । सामान्य परिवारका जन्मेका उनले २०३९ सालमा एसएलसी उतीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिर तिर ईच्छा जागेन । महिना पुगेपछि पाईने तलबको जागिर सबैभन्दा टाउको दुखाई बन्यो । जागिर भन्दा उत्पादन मुलक अर्को पेशा गर्ने सोच बनाए । जागिर भन्दा व्यवसायतिर लाग्ने क्रममा प्युठानमा टरवाईन पानीबाट अन्न पिस्नें मिल किनेर काम गर्न शुरु गरे । त्यहाँबाट धान कुटेर अर्घाखाँचीका बजार र गाउँलेलाई चामल ल्याएर बिक्री गरे । केही वर्षपछि सोच अर्कै बनाए ।

 


– अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे खुर्सानी बारी देखाउँदै । भिरालो पाखो बारीमा चार रोपानीमा खुसा्रनी सहित करिब १५ रोपनी बारीमा तरकारी खेती गरेका छन । अन्न खेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन । उनले गरेको देखासिकीबाट िसंगो गाउँ नै तरकारी खेतीमा लागेको छ ।


शुरुमा एक सय रुपैयाको लगानीबाट तरकारी खेतीको शुरुवात गरेका उनले अहिले १ करोड रुपैयाँ भन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भैरहेका छन । शुरुमा तरकारी खेती गर्दा अन्न नहुने यस्ता बारीमा तरकारी खेती गर्छु भन्नु बुद्धि बिग्रेको मान्छे भनेर ईष्या गर्थे गाउँलेले तर तरकारीबाट चमत्कार नै भएपछि तीनै गाउँलेले पुष्कारनाथको देखासिकी गरेर आफुहरुले पनि तरकारी खेतीलाई मुख्या पेशा बनाएका छन । बञ्जाडे भन्छन गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तरता काम गरिरहनुपर्छ । वर्षादको बेला उनले उत्पादन गरेको तरकारी दुई वर्ष अघि भारतको दिल्लीसम्म पुगेको थियो । अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा खुसीको गर्व भयो, उनले भने वर्षादको तरकारी तयसमा पनि पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमा नाकाका ब्यापारी घरमै आए र त्यो तरकारी दिल्लली पुग्यो । अहिले २० रोपनी बारीमा घिरौला सिमी बोडी लौका तोराय खुसा्रनी काक्रो तनेबोडी सिम्लामिर्चा लगायत एक दर्जन भन्दा बढी लहरेबाली तरकारीहरु उत्पादन भैरहेका छन । उनले दैनिक ५ देखि ८ हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बिक्री भएको बताउँछन । उक्त जग्गामा अन्न खेती गर्न १० वर्षदेखि छाडेका छन । दुई वर्ष देखि दुईवटा जर्सी गाई समेत पालेका छन । १६ लिटरसम्म दुध दिने जर्सी गाईमा भन्दा तरकारीबाट बढी आम्दानी हुने उनी बताउँछन ।
 



– अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे र उनकी श्रीमती गोभीका विरुवामा झार गोडदै । बारीमा गोभी लगाउन करिब १२ सय जति विरुवा उत्पादन गरेका छन । वर्षाको सिजनमा उत्पादन गरेको तरकारी महंगोमा बिक्री हुने गर्छ । उनले आफनो १५ रोपनी बारीमा अन्न खेती गर्न छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा पाँच लाख रुपैयाँ जति आम्दानी गरेका छन । उनले गरेको देखासिकीबाट िसंगो गाउँमा तरकारी उत्पादन भैरहेको छ ।


तरकारीबाट वर्षमा ६ लाख रुपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा हालै तीन तले घर बनाएका छन । ५० लाख रुपैयाँ भन्दा बढीका घर र घडेरी जोडिसकेका छन । उनका एक छोराले दिल्लीमा सीए पढदै छन । यीनै भिराका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना उनले बुनेका छन । चार वर्षयता पुरै बारीमा अर्गानिक तरकारी उत्पादन गरेका छन । गाईभैसीको गोबरमल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि तरकारी खेती दोब्बर उत्पादन भएको छ । पशुको पिसाब संकलन गर्न करिब १० हजार लिटरको टयाकी बनाएर संकलन गर्ने र तरकारीका बोटमै बेलाबेलमा राखेपछि रासायनिक र गोबर मलको आवश्यक्ता पर्दैन उनले भने यसबाट पुरै बारीमा अर्गानिक तरकारी उत्पादन भैरहेको छ । जुन स्वास्थयको लागि पनि होनी हानिकारक हुदैन । तरकारीको लागि सिचाईको पनि साह्रै समस्या छ । वर्षामा आकाशेपनि संकलन गर्न १ लाख लिटरको आकाशे पानी संकलन गर्ने पोखरी ४० हजार लिटरको टयाकी बनाएका छन । त्यहिबाट सिचाई गर्छन । दैनिक ८० लिटर भन्दा बढी गाईभैसीको पिसाब टयाकीमा संकलन हुन्छ, उनले भने त्यसपछि खेतबारीमा राखेपछि दोब्बर उब्जनी हुन्छ । सरकारले रासायनिक मलको सटा खेर गएको पिसाब संकलन र कम्पोष्ट मल प्रयोग गर्न अभियान संचालन गरे दोब्बर खाद्यान उत्पादन हुने थियो । १ उनी अहिले िसंगो जिल्लालाई नै कृषि जिल्ला भनेर चिनाउने अभियानमा लागेका छन । गाउँबाट रोजगारीको लागि विदेश जाने युवाहरुलाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन । युवाहरु विदेशमा गएर जस्तो कठोर काम पनि गर्न पछि पर्दैनन, उनले भने तर आफनै स्वदेशमा काम गर्न हिच्किचाउँछन ।

 


जिल्लामा तरकारी र दुध मासुका लागि खसी बोकाको अत्यधिक माग भएकाले व्यवसायिक रुपमा लगे यहि माटोमै लाखौ रुपैयाँ कमाउन सकिने बताउँछन । अहिले किमडाँडाका ३ सय भन्दा बढी कृषकले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाएका छन भने १ सय ५० कृषकले दुई सय जति गाई पालेर समान्य कृषकले पनि माहिनामा १५ हजार देखि २५ हजार रुपैयाँसम्म आम्दानी गरेकोमा सबैभन्दा खुसी लागेको बञ्जाडे बताउँछन । एउटैले खेती गर्दा बिक्रीको लागि समस्या हुने भएकाले धेरैलाई यतातिर आकर्षित गरें । खानेपानीको अभावले गाउँलेहरु घर छाडदै गरेको अवस्थामा आकाशे पानी संकलन गरेर पनि जिल्लामै पहिलो पटक प्लाष्टिक पोखरी निमर्ँण गरेर खेती गर्न सकिने उदाहरण हो यो उनले भने हात धोएको कपडा धोएको झाडा माझेको पानी नोक्सान हुन दिदैनौं । यस गाउँमा खानेपानी ल्याउने स्रोतहरु भएपनि सरकारी क्षेत्रबाट भएको वेवस्ताले गर्दा खेती गर्न जागरुक भएका किसानहरुमा निराशा छाएको छ ।

 



– अर्घाखाँची किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडे र उनकी श्रीमती गोभीका विरुवामा झार गोडदै ।

 


जिल्ला कृषि विकास कार्यालयबाट उनी धेरै पटक पुरस्कृत भएका छन । कृषि कार्यलयले उनलाई जिल्लाकै नमुना कृषक भनि घोषणा गरेको छ । उनी विगत स्मरण गर्दै भने म जागिरमै रहेको भए तलवले घरखर्च टार्नु बाहेक अरु केही हुने थिएन । तर माटोमै खेल्दा मेरो र गाउँलेको जीवनमा ठुलै परिवर्तन भएको छ यसमा मलाई असाध्यै खुसी लागेको छ । सरकारले कृषि क्षेत्रलाई वेवस्ता गर्दा नेपालमा धेरै उत्पादन मुलक संभावनाहरु भएपनि ती ओझेलमा परेको बताए ।


सरकारले नेपालमा के के उत्पादन हुन्छ विदेशबाट हाम्रो देशमा दैनिक अत्यावश्यक खाद्यान तरकारी फलफुल कति भित्रिन्छ भन्ने सर्वेक्षण गरेर लागु गरे विश्वमै नेपाल कृषिमा धनी देश बन्न सक्छ तर नेताहरुको ध्यान कुर्ची र पैसा मोह भएकाले कृषकलाई निसाशा छाएको दुखेसो पोखे । उनकै देखासिकीबाट किमडाँडाबाट वर्षमा झण्डै १ करोड रुपैयाँ तरकारी बाट भित्रिन्छ भने दैनिक १२ सय लिटर जर्सी गाईको दुध सन्धिखर्कका चारवटा डेरीमा बिक्री भैरहेको छ । गाईको दुधभन्दा पनि महत्वपुर्ण तरकारीको लागि पिसाब भएको छ ।

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।