जिल्ला बिकास समिति अर्घाखाँचीको बार्षिक प्रगती समीक्षा गोष्ठी सम्पन्न

– प्रेमनारायाण आचार्य


  अर्घाखाँची ७ भदौ । जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरिय बार्षिक प्रगती समीक्षा गोष्ठी सन्धिखर्कमा आज सम्पन्न भएको छ ।


  कार्यक्रमको उद्घाटन जिल्ला न्यायधिस माधबराज रेग्मीले पानसमा बत्तीबालेर  गर्नु भएको थियो ।


  कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलय तथा गैर सरकारी कार्यलयले गरेका बार्षिक प्रगतीको  प्रतिबेदन पेश गरेका थिए ।


  कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनाल एनेकपा माओबादीका जिल्ला संयोजक गोबिन्द केसी नेपालि काग्रेसका ज्ञानबहादुर बिक एमालेका जनार्दन खनाल राष्ट्रिय जनमोर्चाका भबिलाल थापा नेकपा माओबादीका गुणानिधि भुसाल लगायतका राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सरकारी कार्यलयका  प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।


   कार्यक्रम स्थानीय बिकास अधिकारी हेमराज खनालको अध्यक्षता नेत्रप्रसाद खनालको स्वागत मन्तब्य  र शेसकान्त ओशनको संचालनमा समपन्न भएको हो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु