– प्रेमनारायाण आचार्य
अर्घाखाँची ७ भदौ । अर्घाखाँचीको जिल्ला स्वास्थ्य कार्यलयमा सन्धिखर्कमा भाईरल ज्वरोका विरामीको संख्यामा बृद्धि भएको छ ।
पहिला २५ देखि ३० बिरामी आउने गरेकोकोमा गतहप्तादेखि दैनिक ५० देखि ६० सम्म भाईरल ज्वरोका विरामीहरु आउनेगरेको जिल्ला स्वास्थ्य कार्यलयका हेल्थ असिटेन्ट युवराज खनालले बताएका छन ।
शुरु शुरुमा घाँटी दुख्ने टाउको दुख्ने रुघाखोकी लाग्ने बच्चाहरुलाई निमोनिया हुने र पछि कडा ज्वरो आउनुका साथै टाईफाईड र मस्तिष्क ज्वरो आउनेलगायतका लक्षण देखिएको खनालले बताएका छन । बिरामी हुनेहरुमा अधिकांस ग्रामीण भेगका रहेका छन् ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।