नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च मुल्य

काठमाडौ  – काठमाडौंबाट प्राप्त समाचार अनुसार केही दिनयता बढिरहेको सुन को भाउ बुधबार तोलामा ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो ।


चाडबाड नजिकिँदै गर्दा सुन को भाउ आकासिएको आकासिएकै छ । नेपाल सुन चाँदी ब्यवसायी संघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुन को भाउ बढेकाले स्थानीय बजार प्रभावित भएको हो । अन्तराष्ट्रिय बजारको प्रभाव यहाँ परेको हो । मङ्गलबार स्थानिय बजारमा प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन को भाउ बुधबार ५८ हजार रुपैयाँ पुगेको थियो ।


अमेरीकी डलरमा सुन किनीने भएकाले भारतीय रुपैयाँ कमजोर हुँदा स्थानीय बजारमा मुल्य बढेको हो । मूल्य बढेपछि स्थानीय बजारमा सुन को माग घटेको छ । बजारमा माग कम भएपनि अझै अवैद्य रुपमा भित्रिएका सुन को विक्री भइरहेको छ । भन्सार नतिरी भित्रिएको सुन ले स्थानीय बजारको झन्डै आधा माग धानिरहेको व्यवसायी बताउँछन् ।