अर्घाखाँचीभर भूकम्पको हल्का धक्का महसूस

सन्धिखर्क,  अर्घाखाँची –  अर्घाखाँचीको नगरपालिका सन्धिखर्क लगायत जिल्लाका विभिन्न भागमा विहिबार राति सवा १० बजे भूकम्पको हल्का धक्का महसूस गरिएको छ।

 


यसैगरी जिल्लाका अनेकौ भागबाट अर्घाखाँची डट्कमलाई प्राप्त जानकारी अनुसार  भूकम्पबाट कुनै क्षति नभएको बताइएको छ।

 

विहिबार राती सवा १० बजे देखी १०:३२ को बिचमा करिब ८ – १० सेकेन्ड सम्म भूकम्पको हल्का धक्का महसूस गरिएको थियो ।

 

भूकम्पको धक्काका कारण जिल्लामा स्थानीय बासिन्दा त्रसित भएर घर बाहिर निस्किएका थिए । कयौ सुतिरहेको अवस्थामा खाट हल्लिएपछि डरले बाहिर निस्किएका थिए ।

 

अमेरिकी भूगर्भ सर्भेले दिएको जानकारी अनुसार प्युठान-थवाङ नजिकै केन्द्रबिन्दू रहेको ५ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।

 


यसैगरी उता राजधानी काठमाडौं लगायत देशका अनेकौ जिल्लाहरु कपिलवस्तु, स्याङजा, पर्वत, दाङ, नारायणगढ, तानसेन,  नेपालगञ्ज, बाग्लुङलगायतमा पनि भूकम्प हल्का धक्का महसुस गरिएको थियो।

 

भूकम्पको विवरण


मापन                   ५.०
मिति/समय    बिहिबार राती १० बजेर १५ मिनट २३ सेकेन्ड
स्थान              २८.४९९