पाकिस्तानमा मनसुनी बर्षासंगै आएको बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । उत्तरी पाकिस्तानको खाइबर पाख्तुन्खवा जिल्ला बाढीले सबैभन्दा वढी प्रभावित भएको छ भने अन्य जिल्लाहरु पनि डुबानमा परेका छन् ।
बाढीका करण थुप्रै घरबारबिहीन बनेको र पिडीतका लागि बासस्थानको ब्यबस्था गरिएको पाकिस्तान सरकारले जनाएको छ । तर पिडीतहरुले भने सरकारले बस्नका लागि उचित ब्यवस्था नगरेको भन्दै असन्तुष्टि पोखेका छन् ।
उता, ताइवानमा पनि तेज गतिमा आएको आँधीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । अधिकांश शहर जलमग्न हुँदा कैयौ मानिस घरवारबिहिन बनेका छन् । यातायात, टेलिफोन र बिद्युत सेवा अवरुद्ध बनेको छ ।
गत महिना मात्रै ताइवानमा आँधीबेहरीका कारण १७ जनाको मृत्यु भएको थियो । – Agencies