सत्तापक्षीय दलहरु आवद्ध रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले अन्य दलसँग वार्ता प्रक्रिया थाल्ने

काठमाडौं । प्राप्त समाचार अनुसार सत्तापक्षीय दलहरु आवद्ध रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको पहिलो बैठकले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा ९ सदस्यीय सचिवालय गठन गरेको छ । माओवादी पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले अझ सशक्त भएर अगाडि बढ्ने निर्णय गर्दै प्रचण्डको संयोजकत्वमा सचिवालय गठन गरेको हो ।


प्रचण्ड गठबन्धनको संयोजक पनि हुनुहुन्छ । यसैबीच गठबन्धनले भदौ १९ गते राजनीतिक निकासका लागि सर्वपक्षीय अन्तक्र्रियासमेत गर्ने निर्णय गरेको छ ।


प्रतिपक्षी कांग्रेस र एमालेलाई सहमतिमा ल्याउन दवाब दिने उद्धेश्यले कार्यक्रम राख्न लागिएको बैठकमा सहभागी सद्भावनाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।


 
मोर्चाले राजनीतिक गतिरोधको निकासका लागि अन्य दलसँग वार्ता प्रक्रिया थाल्ने निर्णय गरेको छ । बैठकले मोर्चाको छुट्टै कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।