देउराली व्यावसायी समितिको छैठौ अधिवेशन शुरु, सवारी साधनलाई सेवामुखी बनाउन वक्ताहरुको जोड


 

– वीरेन्द्र केसी


अर्घाखाँची – देउराली यातायात व्यावसायी समितिको छैठौ अधिवेशन तथा साधारण सभा सन्धिखर्कमा शुरु भएको छ । शुक्रवार उदघाटन भएको अधिवेशनले शनिवार नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ । दुई वर्ष कार्यकाल रहेको समितिको अध्यक्षको लागि राजनीतिक रुपमा लविङ शुरु भएको छ । समाचार तयार पार्दासम्म हालका उपाध्यक्ष गोविन्द विसी र पाँचौ अधिवेशनमा भएको निर्वाचनमा पररजित भएका योगेन्द्र खडका अध्यक्षको उम्मेदवार बन्ने चर्चा चलेको छ ।

 


अधिवेशन उदघाटनमा सहभागीहरु ।


अधिवेशनको उदघाटन अर्घाखाँचीका नि. प्रमुख जिल्ला अधिकारी भेषराज खनालले गर्दै सवारी साधनलाई जनताको सामु अझै सेवामुलक ढंगले अघि बढन आग्रह गरेका छन । कार्यक्रममा नेपाल यातायात व्यावसायी महासंघका केन्द्रिय सदस्य दिल बहादुर ढुंगाना प्रनाउ अरुण पौडेल एमाओवादीका जिल्ला संयोजक गोविन्द केसी नेपाली काग्रेसका सभापति कमलप्रसाद भुसाल एमाले सचिव दलबहादुर भटराई राजमोका सह सचिव पशुपति ढकाल मोहन वैद्य समुहको माओवादीका कार्यालय सचिव गुणनिधि भुसाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पंथी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्दै जस्प चालक सह चालकले ध्यान दिनुपर्ने नियमहरु अनुशासन र प्रशिक्षण सिकाउनुपर्ने बताए । उनीहरुले जनतालाई सुविधामुलक सेवा दिन ध्यान दिनुपर्ने औल्याए । व्यावसायीहरुले पार्किङ्गको व्यवस्था नहुदा समस्या भएको र सवारी साधन चेकजाँच गर्ने क्रममा टाफिक प्रहरीहरुले प्रतिगाडीबाट पैसा उठाएवापत कमिसन आउने भएकाले रसिद काटन लगाएर अनावश्यक दुःख दिने गरेको गुनासो गरेका थिए । सवारी दुर्घटना हुँदा सरकारले विमा लागु नगर्दा सवारी धनी मर्कामा परेको बताएका थिए ।
 


अधिवेशन उदघाटनमा सहभागीहरु ।


उदघाटन सत्र समितिका अध्यक्ष देवराज श्रेष्ठको अध्यक्षता महासचिव प्रेम पोण्डेको संचालन र उपाध्यक्ष गोविन्द विसीको स्वागतमा सम्पन्न भएको थियो । शनिवार हुने बन्द सत्रले समितिको नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।
 


देउराली व्यावसायी समितिको छैठौ अधिवेशन उदघाटन गर्दै नि। प्रमुख जिल्ला अधिकारी भेषराज खनाल ।

 


अधिवेशन उदघाटनमा सहभागीहरु ।

 

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।