४० वटा अध्यादेश राजनीतिक सहमतिमै राष्ट्रपति समक्ष पेश गरिने एकीकृत माओवादीको प्रतिक्रिया

काठमाडौं । काठमाडौंबाट प्राप्त समाचार अनुसार बाबुराम भट्टराई सरकारले ४० वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गर्न लागेको विषय चकिर्रहेका बेला एकीकृत माओवादीले भने राजनीतिक सहमतिमै अध्यादेश राष्ट्रपति समक्ष पेश गरिने बताएको छ ।

 

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरागर्दै प्रवक्ता अग्नि सापकोटाले पार्टीको धारणा राजनीतिक सहमतिबाट मात्र अध्यादेश लैजाने भन्ने भएको बताए ।

समाचार अनुसार उनले त्यसका लागि माओवादीले पहल गर्ने जनाए । सहमति बिना अध्यादेश लगे राजनीतिक टकराव उत्पन्न हुने सापकोटाको ठहर छ ।


राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषदबाट पारित अध्यादेश स्वीकृत नगर्ने बताइरहेका बेला सरकारले थप अध्यादेशको तयारी गरेपछि माओवादीको यस्तो प्रतिक्रिया आएको हो ।