सिद्धारामा बाँदर हान्दा १२ वर्षीय छोरा ठहरै

– वीरेन्द्र केसी

 

अर्घाखाँची – रातो कपडा लगाएर रुखमा बसेर छोरालाई बाँदर भनेर गोली चलाउँदा छोराको मृत्यु भएको छ । बारीमा मकै खान आउने बाँदर धपाउन रुखमा  बसेका छोरालाई नै बुवाले बाँदर सम्झेर गोली हानेका थिए ।


 जिल्लाको विकट सिद्धारा-८ डुम्रे खोला भन्ने गाउँका ५५ वर्षीय गुप्त बहादुर पुलामी मगरले चलाएको भरुवा बन्दुकको गोलीले रुखमा बसेका आफनै १२ वर्षीय छोरा चित्रबहादुरको ज्यान गएको छ । 

 
शुक्रवार विहान ८ बजेतिर बारीका पाक्नै लागेका मकैमा बाँदर धपाउन छोरा चित्र बहादुर पुलामी फोस्रोको रुखमा बसिरहेका थिए ।

 

बाँदरले बारी भित्रै पसेर पाक्न लागेका मकै खाईदिन थालेपछि बाँदर धपाउन भनेर बन्दुक भिरेर गएका गुप्त बहादुरलाई छोरा बारीमा गएको छ भन्ने थाहा नभएको र रातो कपडा लगाएर रुखमा बसेको बाँदर नै रहेछ भन्दा यस्तो घटना घटेको प्रहरी नायव उपरीक्षक अरुण पौडेलले बताए ।

 

शबलाइ इलाका प्रहरी ठाडाले ठाडामा ल्याएको र बाबु पुलामीको बारेमा अनुसन्धान भैरहेको पौडेलले बताए ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।