– कृष्ण खनाल
बुटवल । नेपाल मजदुर किसान पार्टिका केन्द्रीय सचिव शुनिल प्रजापतिले बर्तमान डा. बाबुराम भट्टराईको नेतृत्वको सरकार संविधान सभाको हत्यारा भएको आरोप लगाएकाछन् ।
जननिर्वाचित संविधान सभाको अवसान हुनुमा देशका प्रमुख राजानीतिक दलहरुको समेत दोषी रहेको भन्दै प्रजापतिले संविधानसभाको अवसान हुनुमा प्रमुख दोष भने बर्तमान सरकारनै भएको दावि गरे ।
शनिवार नेपाल मजदुर किसान पार्टि जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता प्रजापतिले संविधान सभाको अवसान पछि देश जनप्रतिनिधीहरुको विहिन भएको भन्दै बर्तमान सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार समेत नभएको बताए । उनले भने-करोडौ जनताको अधिकारमाथि खेलवाड गर्ने सरकालाई कुसर्ीमा बस्ने अधिकार छैन ।
पछिल्लो समयमा देशलाई अध्यादेशबाट चलाउने सडयन्त्र भएको भन्दै उनले राजनीतिक निकासको लागि राष्ट्रपति साशन आफ्नो हातमा ल्याउनुपर्ने समेत बताए । राष्ट्रपति सितल निवासमा बसेर गीत गाईरहने समय छैन यो सरकारलाई हटाएर शासन हातमा लिनुपदर्छ । भन्दै उनले भने-अवको विकल्प भनेको राष्टपति शासन हो । अब कुनै पनि हालतमा संविधान सभाको निर्वाचन नहुने भन्दै संसदको निार्वचन हुनुपर्ने समेत बताए ।
एक फरक प्रसङ्गमा उनले संविधान सभा राजनीतिक क्षेत्र बाहीरका स्वतन्त्र व्यक्तिहरुको समुह बनाएर संविधान जारी गर्नुपर्ने भन्दै डा. बाबुराम भट्टराईको सरकारले निरन्तरता पाएमा राजसंस्था व्यँुतिने समेत संभावना भएको धारण राखेका थिए । पार्टिका जिल्ला अध्यक्ष हरिसुन्दर वासीको अध्यक्षतामा कार्यक्रम भएको थियो।