अर्घाखाँचीको देउराली यातायातमा खड्का विजयी

– वीरेन्द्र केसी


अर्घाखाँची – देउराली यातायात व्यावसायी समितिको अध्यक्षमा योगेन्द्र खड्का विजयी भएका छन । छैठौ अधिवेशनमा भएको निर्वाचनमा खड्काले ६६ मत ल्याएर विजय भएका छन । उनका प्रतिद्धन्द्धी गोविन्द विसीले ३५ मत ल्याएका थिए ।

 


 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा अशोक कुमार श्रेष्ठले ६२ उनका प्रतिद्धन्द्धी शोभाखर भुसालले ४२ उपाध्यक्षमा कृष्ण श्रेष्ठले ६३ उनका प्रतिद्धन्द्धी दधिराम आचार्यले ३५ सचिवमा विष्णु बस्नेतले ३७ र उनका प्रतिद्धन्द्धी शिवलाल अधिकारीले ३५ मत ल्याएका थिए । महासचिवमा प्रमे पाण्डे   र कोषाध्यक्षमा भेषबहादुर विसी  निर्विरोध चयन भएका छन  । दुई दिनसम्म चलेको अधिवेशनमा सहमती हुन नसकेपछि दलीय सठबन्धनमा चुनाव भएको हो । । एमाले निकटका खडकालाई माओवादी काग्रेस र एमालेले  प्यानल बनाएर  दलीय रुपमा समर्थन गरेका थिए भने पराजित भएका विसीलाई राष्ट्रिय जनमोर्चाको मात्रै समर्थन रहेको थियो ।

 


देउराली यातायात व्यावसायी समितिको चुनावमा भोट खसाल्दै सवारीधनीहरु ।

 

२१ सदस्यीय देउराली यातायात समितिको लागि दलीय गठवन्धनमा भएको चुनावमा माओवादीलाई उपाध्यक्ष महासचिव सचिव र ३ सदस्य काग्रेसको वरिष्ठ उपाध्यक्ष कोषाध्यक्ष सहित ४ सदस्य एमालेबाट अध्यक्ष सहित चार सदस्य र राजमोबाट २ सदस्य र १ सदस्य स्वतन्त्रबाट विजयी भएका छन । वरिष्ठ उपाध्यक्षमा विजय भएका श्रेष्ठ काग्रेस जिल्ला सदस्य हुन ।  एमाओवादी काग्रेस र एमालेको जिल्ला नेतृत्वले संयुक्त गठवन्धन गरी चुनाव लडाएका थियो भने राजमो एक्लै लडेको थियो । जसमा राजमोको प्यानलले २ सदस्य मात्रै जितेको छ ।

 


देउराली यातायात व्यावसायी समितिको चुनावमा भोट खसाल्दै सवारीधनीहरु ।

 


निर्वाचित सदस्यमा एमाओवादीबाट विष्णु पंथी गोपाल पंथी बोमबहादुर भाट काग्रेसबाट डम्बर श्रेष्ठ राजेन्द्र श्रेष्ठ ऋिषिराम खत्री र केयर सिंह केसी एमालेबाट सिद्धि भुसाल गोविन्द आचार्य नारायण गैरे वेदराज घिमिरे र प्रेम पौडेल र राजमोबाट गोविन्द बन्जाडे र अमित पंथी रहेका छन भने स्वतन्त्र रुपमा अर्जन पोखरेल छन उनलाई तनी दलीय गठबन्धनको सहयोग थियो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु