अर्घाखाँची एमाओवादीमा कार्यविभाजन

– वीरेन्द्र केसी


अर्घाखाँची – मंसिरमा हुने जिल्ला अधिवेशनको तयारीको लागि एमाओवादीले जिल्लाका विभिन्न विभाग गठन गरेको छ । अधिवेशनको लागि बसेको तयारी समितिको बैठकले मंसिर ३ देखि ५ गतेसम्म साचालन हुने अधिवेशनलाई सफल पार्न विभिन्न  विभाग गठन गरी संयोजक  सहित सदस्य तोकेको छ  ।


राजनीतिक तथा प्रतिवेदन तयारी समितिमा  गोविन्द केसी आर्थिक समितिमा राजेन्द्र भुसाल अनुशासन तथा अभिलेख व्यवस्थापन समितिमा कमल खनाल प्रचार प्रसार समितिमा ठाकुर कुमार विकलाई संयोजक तोकेको छ । त्यस्तै १३ पेशागत संगठनमा पनि संयोजक तोकेको छ । जसमा उद्योग निमर्ँण व्यावसायीमा विष्णुहरी भुसाल कर्मचारी महासंघमा उमानाथ पौडेल पत्रकारमा अशोक खनाल वकिलमा केवी भुसाल स्वास्थ्य ईन्चार्जमा खडक दर्नाल र संयोजकमा शंकर पाण्डे खुलकुदमा सरोज प्रध्यापक फयाक्सन ईन्चार्जमा नारायण शास्त्री र संयोजकमा दोण भुसाल भूपु सैनिक फयाक्सन ईन्चार्जमा तारा पाण्डे र संयोजकमा अमर भाट शहिद परिवार ईन्चार्जमा धर्मराज भुसाल र संयोजकमा विशाल खडका रहेका छन ।


त्यस्तै होटल व्यावसायी फयाक्सन ईन्चार्जमा पदम क्षेत्री र संयोजकमा वसन्त पोखरेल यातायात व्यावसायी संघमा ईन्चार्ज; संयोजक प्रेम पाण्डे मानवअधिकारीवादी अध्यक्षमा तिलक खत्रीलाई तोकेको छ । सबै जनवर्गीय मोर्चाको संयोजकमा निवर्तमान जिल्ला शेक्रेटरी ठाकुरकुमार विकलाई जिम्मा दिएको छ ।


बैठकले क्षेत्रीय ईलाका र गाउँमा  संयोजक तोकेको एिमाओवादीले जनाएको छ । मंसिरमा हुने जिल्ला अधिवेशनको लागि भव्य तयारी गर्नको लागि विभाग गठन गरेर जिम्मेवारी दिएको हो ।

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।