चीनमा बस र ट्यान्कर एक आपसमा ठोक्किंदा ३६ जनाको मृत्यु भएको छ । उत्तरी चीनको राजमार्गमा ज्वलनशिल पदार्थ बोकेको ट्यान्कर र चप्प्ल बोकेको बस एक आपसमा ठोक्किंदा उक्त दुर्घटना भएको हो ।
बसमा सवार केही यात्रु घाइते भएका छन् । दुर्घटना लगत्तै ट्यान्करमा आगलागी हुँदा कयौं यात्रुको शव डढेको अवस्थामा रहेकोले सनाखत हुन नसकेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
बस अनियन्त्रित भई ट्यान्करसंग ठोक्किनुनै दुर्घटनाको कारण भएको बताईएको छ । चीनमा सडक दुर्घटनामा प्रत्येक बर्ष सयौंको मृत्यु हुने गरेको छ ।
– Agencies