नयाँ दिल्ली – भारतीय योगगुरु रामदेवका सहयोगी आचार्य बालकृष्णलाई सम्पति शुद्धिकरण (मनी लाउन्डरिङ) को केसमा इन्फोर्समेन्ट निर्देशनालयले सोधपूछ गर्ने भएको छ।
बालकृष्णले आफ्नो पासपोर्ट प्रयोग गरी गरेको विदेश भ्रमण र लगानीबारे सोधपूछ गर्ने भएको छ।
त्यसैगरी टेलिभिजन च्यानलबाट ल्याइएको रेमिट्यान्समा भएको अनियमितता बारे पनि सोधपूछ गरिने भएको छ।
रामदेवले भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काएपछि उनको ट्रस्टविरुद्ध गत वर्षदेखि छानबिन सुरु भएको हो। एजेन्सीले बालकृष्णविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर गरिसकेकोछ। त्यसैगरी सीबीआईले पासपोर्ट ऐन उल्लङ्घन गरेको आरोपमा उनीमाथि मुद्दा चलाइसकेको छ।
यो मुद्दामा उनी केही दिन जेलसमेत बसिसकेका छन्। भारतीय पासपोर्ट लिन बालकृष्णले नक्कली कागजात प्रस्तुत गरेको आरोप उनीमाथि छ। हाल उनी धरौटीमा रिहा भएका हुन्।
– पिटिआई