काठमाडौं । प्राप्त समाचार अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक नेतृत्वमा दुरगामी दुष्टिकोणको अभाव भएका कारण देशमा बिकासले गति लिन नसकेको दावी गर्नुभएको छ । राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले ऊर्जा र जलविद्युत आर्थिक बिकासको आधार भएकाले सरकारले यस क्षेत्रमा सहयोग बढाउने बचन दिनुभयो ।
जलस्रोतको धनी भएर पनि लोडसेडिङको मार नागरिकले खेप्नु परेको भन्दै भट्टराईले अझै पाँच बर्ष मुलुक लोडसेडिङ्बाट मुक्त हुन नसक्ने बताउनुभयो । उहांले भारतसंग विद्युत खरिद सम्झौता गरेर यो बर्ष लोडसेडिङ् दश घण्टा भन्दा बढ्न नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार किशोर नेपाल, जलस्रोत विज्ञहरु गोविन्द शाह, सूर्यनाथ उपाध्यायलगायतले सरकारले आर्थिक विकासलाई उपेक्षा गरेकाले बिकासले गति लिन नसकेको बताउनुभयो ।