कोलम्बियामा झण्डै पचासं बर्षदेखि संघर्षरत बामपंथी विद्रोही संगठन फार्क र सरकारबीच वार्ता

कोलम्बियामा झण्डै पचासं बर्षदेखि संघर्षरत बामपंथी विद्रोही संगठन फार्क र सरकारबीच वार्ता भएको छ ।

 

कोलम्बियाका राष्ट्रपति जुआन म्यानअल सान्तोषले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै विद्रोही फार्कसंग वार्ता भएको जानकारी दिनुभएको छ ।

 

उहांले देशमा शान्ति स्थापनाका लागि आफुले कर्तब्य निर्वाह गर्दै फार्कसंग वार्ता गरिएको बताउनु भयो ।

 

कोलम्बियाका संचार माध्यमहरुले क्युवाको राजधानी हवानामा सोमबार भएको वार्तामा संक्षिप्त सम्झौतामा हस्ताक्षर भएको उल्लेख गरेका छन । तर सरकारले विस्तृत जानकारी दिएको छैन् ।

 

 राष्ट्रपति सान्तोषले देशको दोस्रो विद्रोही संगठन ईएलएनसंग पनि वार्ता गर्न सरकार तयार रहेको बताउनु भएको छ । फार्क विद्रोहीहरु सन् १९६४ देखि आदिबासी अधिकारका लागि संघषरत छन् । उनीहरुसंग ८ हजार लडाकुहरु रहेको अनुमान गरिएको छ ।

 

दुइृ बर्ष अगाडि राष्ट्रपति सान्तोषले फार्कसंग वार्ताको प्रस्ताव गर्दा उनको आलोचना भएको थियो ।

 

पछिल्ला बर्षहरुमा सरकारी सेनासंगको भीडन्तमा फार्कका प्रमुख नेता मारिनुका साथै कयौं पक्राउ परेका थिए ।

 

– Agencies