चीनको सिचुवान प्रान्तमा दुई जना तिब्बती युवा भिक्षुले आत्मदाह गरेका छन् ।
अधिकारकर्मी र अमेरिकी सञ्चारमाध्यमका अनुसार १८ वर्षिय लोम्साङ काल्साङ र १७ वर्षिय दाम्चोइकले सोमबार बिहान अबा जिल्लाको कीर्ति विहारमा आत्मदाह गरेको जनाएका छन् । उनीहरुले तिब्बतमा चिनियां शासन र निति विरुद्ध नारा लगाउदै आत्मदाह गरेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै रेडियो फ्रि एसियाले जनाएको छ ।
योसंगै सन् २००९ यता आत्मदाह गर्ने तिब्बतीको संख्या ५१ पुगेको स्वतन्त्र तिब्बतका पक्षधरहरुको दाबी छ । आत्मदाह गर्ने धेरैको मृत्यु भएको बताइएको छ ।
कडा सुरक्षाका बाबजुत पनि कीर्ति विहार चिनियां सरकार विरोधीको केन्द्रविन्दु बन्दै आएको छ । चीनले निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले आत्मदाहका लागि उक्साएको आरोप लगाए पनि उनले आरोप अस्वीकार गर्दै आएका छन् ।
– Agencies