शिक्षामा खोज डकुमेन्ट्री फिल्मको अर्घाखाँचीमा १२ सय दर्शकद्धारा अबलोकन

– उमाकान्त पाण्डे “गाउंले” 



अर्घाखाँची युथ सेवा र  कम अन युथ स्ट्याण्डपको आयोजनामा अर्घाखाँचीमा शिक्षाको खोज वृत्तचित्र  प्रदर्शन गरिएको छ । जिल्लामा रहेका अधिकासं विद्यालयमा अध्ययनरत बिद्यार्थी – शिक्षा प्रेमी र शिक्षा पेशामा आबद्द रहेकाकरीब १२ सय भन्दा बढीले यो वृत्तचित्र हेरेका छन । 

 


 

शिक्षा भनेको के हो ? शिक्षाको आरम्भ कहिले र कसरी भयो ? हाम्रा पुर्खा कसरी पढ्थे शिक्षाको उपलब्धि र महत्व के हो ? विभिन्न कालखण्डका शिक्षा विकासका गतिबिधीहरुलाई यो वृत्तचित्रमा समेटीएको थियो । 

 


 

वृत्तचित्र “शिक्षामा खोज” लाई इस्टनेपाल काठमान्डौले करीब ३ बर्षको अध्ययन र छायाकंन पछी अहिले प्रदशनमा ल्याइएको च्यानलका उपाध्यक्ष मदन केसीले जानकारी दिए । 

 


 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भेषराज पोख्रेल, स्थानीय बिकास अधिकारि , अन्य उच्च पदस्थ अधिकारि, जिल्लाका विभीन्न विद्यालयमा अध्यापन गराउने शिक्षक, पत्रकार, जिल्लामा रहेका विभीन्न सघंसस्थाँका प्रतिनीधीको सहभागितामा सो वृत्तचित्र प्रदशन गरिएको थियो । 

 


 

सरकारले शिक्षा क्षेत्रमा लगाएको लगानीबाट सन्तोष जनक फाइदा नदेखिएको राम्रो उदाहरण यस् वृत्तचित्रमा देखाइएको छ । अधिकासं निजी वोर्डीङ स्कुलका विद्यार्थीमा मानविय चेतना नभएको भन्दै यो वृत्तचित्रले केही मानविय चेतना जगाउने प्रयास समेत गरेको वृत्तचित्र हेर्न आएकी जनज्योती मावी सन्धिखर्ककी सबिता पाण्डेले बताइन । 

 


 

डकुमेन्ट्री हेरेपछि कर्णालीका विद्यार्थीको लागी सहानुभुती मात्र होइन आफुहरुलाई प्रेरणाको स्रोत बनेको भनाइ हाल सिधार्थ गौतमबुद्द् बुटवलमा शिक्षा सकांयमा १२ कक्षामा अध्ययरत सन्धिखर्ककी सिता भण्डारीले दीईन । 

 


 

केहि गर्ने प्रतिवद्धता समेत आउने आशामा यो वृत्तचित्र अर्घाखाँचीको सन्धिखर्कमा प्रदशन गरिएको र अबलोकन गरेपछी आम सन्धिखर्क बासीको राम्रो प्रतिकृया पाएको अर्घाखाँची युथ सेवाका बिशाल पन्थीले बताए । 

 


 

नेपालमा शिक्षा विकास अझै पनि सर्वसाधारणको पहुँचमा नपुगेको यथार्थतालाई वृत्तचित्र “शिक्षामा खोज” मा प्रस्तुत गरेको आफुहरुले पाएको अर्घाखाँची युथ सेवाका प्रदिप नेपालीले बताए ।

 


 

वृत्तचित्र गत भाद्र ८ गते शुक्रबार सन्धिखर्क स्थित जय सन्तोषीमा चलचित्र मन्दिरमा प्रदशन गरिएको हो ।




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।