अफगानिस्तानमा मुश्लिम समुदायको पवित्र ग्रन्थ कुरान जलाउने ६ अमेरिकी सेना विरुद्ध अनुशासनको कारवाही

अफगानिस्तानमा मुश्लिम समुदायको पवित्र ग्रन्थ कुरान जलाउने ६ अमेरिकी सेना विरुद्ध अनुशासनको कारवाही हुने भएको छ । उक्त कारवाही अन्तर्गत दोषी सैनिकको पद घटुवा, तलबमा कम कटौती र बढी श्रम लगाइने भएको छ । तर उनीहरु विरुद्ध कुनै आपराधिक मामिलामा मुद्धा भने दर्ता नगरिने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।


अनुसन्धानमा उनीहरुले ईस्लाम विरुद्ध विद्वेशपूर्ण भावना फैलाउने वा अनादार गर्ने नियत नदेखिएको उल्लेख छ । गत फेब्रुअरीमा अफगानिस्तानको बग्राम हवाई अड्डामा अमेरिकी सेनाले कुरानका एक सय प्रति जलाएको सार्वजनिक भएपछि त्यहां हिंसा भड्किएको थियो ।


हिंसामा २ अमेरिकी सेना सहित ३० जनाको ज्यान गएको थियो । हिरासतमा रहेका अतिवादी मुश्लिम कार्यकर्ताले गोप्य सन्देश पठाउन कुराका प्रति प्रयोग गरेको झोंकमा अमेरिकी सैनिकले कुरान जलाएका थिए ।

 

– एजेन्सी