पेरिस – प्यालेष्टिनी नेता यासिर आराफातको मृत्युबारे अनुसन्धान गर्न उनका परिवारजनले गरेको अपीलका आधारमा फ्रान्सले छानविन गर्ने भएको छ । सन् २००४ मा फ्रान्सको पेरिसमा अराफातको मृत्यु भएको थियो ।
रगतमा गडबडीका कारण अराफातको मृत्यु भएको मेडिकल रिपोर्टमा उल्लेख गरिएको थियो ।
तर आराफातका परिवारजनले भने उनलाई इज्रेलीहरुले बिष खुवाई मारेको भन्दै मृत्युबारे छानबीन गर्न फ्रान्स सरकार समक्ष अपील गरेका थिए ।
सोही अपीलको आधारमा प्यालेस्टिनी राष्ट्रपति मोहमद अब्बासले छानबीनका लागि फ्रान्सका राष्ट्रपति फ्रांस्वाँ ओलान्डलाई आग्रह गर्नुभएको थियो ।
– Agencies