भारतीय अदालतले फाँसीको सजायँ सुनाएपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेका मुम्बई हमलाका आरोपी अजमल कसाबको आज अन्तिम फैसला सुनाएको छ। मृत्युदण्डको फैसला नै कायम गर्न पुनफैसला गरेको छ।
२००८ मा मुम्बईमा भएको आक्रमणका बाच्न सफल एकमात्र उनलाई मुम्बई उच्च न्यायालयले दोषी ठहर गरी मृत्युदण्ड सुनाएको थियो।
स्वतन्त्र र निष्पक्ष न्यायको फैसला नभएको भन्दै आतंककारी हमलाका एक मात्र जिवित अभियुक्त कसाबले आफूमाथिको फाँसीको फैसलाबारे पुनरावलोकन गर्न सर्वाच्चमा पुनरावेदन गरेका थिए ।
२००८ नोभेम्बरमा भएको मुम्बई आक्रमणमा १ सय ६६ जनाको ज्यान गएको थियो। घटनामा संलग्न ९ हतियारधारीको पनि मृत्यु भएको थियो। २४ वर्षीय पाकिस्तानी नागरिकमात्र घटनामा बचेका थिए।
सर्वोच्चका न्यायाधीश अफताव आलम र सीके प्रसादले उनलाई मृत्युदण्ड दिने फैसला यथावत हुनुपर्ने बताए। उनको मृत्युदण्ड कहिले हुने भन्ने अझै यकिन छैन। फैसलापछि उनलाई झुन्ड्याउनुपर्ने माग थप तिब्र हुने अपेक्षा गरिएको छ।
भारतको ब्यापारिक शहर मुम्बईमा गराईएको आतंकबादी हमलाका मुख्य अभियुक्त कसावको मृत्युदण्डको फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।
फैसलालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षास्थिति कडा तुल्याईएको थियो ।