सिरियामा सरकार र बिद्रोहीबीच भीषण संघर्ष जारी

सरकार र बिद्रोहीबीच भीषण संघर्ष चलीरहेकैबेला राजधानी दमस्कस नजिकैको जरमानामा भएको बिस्फोटमा कम्तीमा १२ जना मारिएका छन् ।

 

बिस्फोटमा ४८ जना घाइते भएका छन् ।

 

मारिनेमा सरकार बिरोधी प्रदर्शनका क्रममा मारिएकाहरुको मलामीमा संलग्न सर्वसाधरण रहेको बताईएको छ ।

 

मलामी समाधिस्थल नजिक पुग्दा पार्किङमा राखिएको बिस्फोट पदार्थले भरिएको ट्याक्सि बिस्फोट भएको हो । बिस्फोटका कारण पार्किङमा राखिएको अन्य गाडीहरुमा पनि क्षति पुगेको छ ।

 

बिस्फोटमा मरिनेहरुको शव यत्रतत्र छरिएको अवस्थामा छ ।

 

यता सरकार बिरोधी प्रदर्शनका क्रममा राजधानी दमस्कस नजिक सरकारी सेना र बिद्रोहीबीच दोहोरो भीडन्त भइरहेकोले घाइतेहरुलाई अस्पताल पुर्याउन पनि मुश्किल परेको जनाईको छ ।