प्रधानमन्त्री बाबुराम भट्टराई असंलग्न आन्दोलनको १६ औं शिखर सम्मेलनमा भाग लिन तेहरानमा प्रस्तान

प्रधानमन्त्री बाबुराम भट्टराई इरानको राजधानी तेहरानमा हुने असंलग्न आन्दोलनको १६ औं शिखर सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्तान गरेका छन।

 

यही भदौ १४ देखि १५ गतेसम्म तेहरानमा हुने सम्मेलनमा भाग लिन १४ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी त्यसतर्फ जानु गएका हुन। प्रधानमन्त्रीले भ्रमण उपलब्धिपुर्ण हुने विस्वास ब्यक्त गरे। तेहरान प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दे उनले नेपालको परराष्ट्र नीतिको सफलताका लागि भ्रमण महत्वपूर्ण हुने दाबी गरे।


प्रधानमन्त्री भट्टराई दोहा हुँदै तेहरान जाने कार्यक्रम छ । सम्मेलनमा असंलग्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुको सहभागिता रहने छ । असम्लग्न आन्दोलनमा १ सय २० देश सदस्य छन् ।