रुपन्देहीमा अधिकतम योजनाहरुको पूर्ण बजेट खर्च हुन सकेन/वृद्ध वृदा तथा एकल महिला भत्ताको रकम धेरै फ्रिज

– उमाकान्त पाण्डे
बुटवल । रुपन्देहीको देवदह गाविस वार्ड नम्वर ६ शितलनगरका ७१ वर्षीय सुरेश थापा मगर असार २७ गते वृद्ध भत्ता लिन गाउँ विकास समितिको कार्यालय पुगे ।
अघिल्ला वर्षहरुमा पाउँदै आएको वृद्ध भत्ता लिन गाविस कार्यालय पुगेका थापा गाविस कार्यालयबाट निराश हुदैं रित्तो हात फर्के । असार मसान्त सम्म गाविस कार्यालय पुगे बृद्ध भत्ता पाइन्छ भन्ने ठानेका उनले वृद्ध भत्ता नपाउनुको कारण गाविस कार्यालय पुगेपछि मात्रै थाहा पाए । ढिला पुगेकाले वृद्धभत्ता नपाइएको रहेछ-उनले भने ।
शंकरनगर- ९ सिताराइस मिल टोलका चुडामणि पाण्डे वृद्ध भत्ता लिन असार २६ गते गाविस कार्यालय पुगे । ६ महिनाको वृद्ध भत्ता पाउने आशाले गाविस कार्यालय पुगेका पाण्डे पनि रित्तो हात फर्किन बाध्य भए । उनले पनि ढिला पुगेकोले बृद्ध भत्ता नपाएको कुरा गाविस कार्यालय पुगेर मात्रै थाहा पाए ।
आर्थिक वर्षको अन्त्यतिर गाविसमा भत्ताको लागि धाउने थुप्रै बृद्धबृद्धा भेटिए । उनीहरु बेलैमा गाविस कार्यालय नपुगेकोले रित्तो हात फर्किए ।
 
गाविसमा नपाए जिविसमा गएपछि त पाउनु पर्ने कस्तो नियम रहेछ थाहै थिएन । जिविसले पनि खाता बन्द भईसकेको भन्दै दिन नमिल्ने भनेर रित्तो हात फर्काइदियो-पाण्डेलॆ भने ।
एकल महिलाको दावी गर्दै गाविसमा नाम दर्ता गराएकी दुधराक्ष- ४ मुर्गियाकी रुपा आचार्य पनि बेलैमा गाविस कार्यालय पुगिनन् । गाविस सचिवले सोधखोज गर्दै जाँदा थाहा पाए उनी बैदेशिक रोजगारको शिलशिलामा उनले गाउँ छाडिछन् ।
रुपन्देही बोलबम धामका रामेश्वर कडेंल गएको फागुनमा पर्वत बाट बसाईं सरेर यहा आए । ६ महिना बापतको वृद्ध भत्ता पर्वत बाट बुझेका उनले बुकी समयको वृद्धभत्ता लिन बसाइ सराइको कागज पत्र लिएर अहिले बस्दै गरेको पर्रोहा गाविस कार्यालय पुगे ।
गाविस कार्यालयले आधा बाँकी रहेको किस्ता यहाँबाट दिन नमिल्ने जानकारी दियो । जुन गाविसबाट नाम दर्ता भएको छ सोही गाविस बाट नै आर्थिक बर्ष भित्रमा आफ्नो भत्ता बापतको रकम लिनु पर्छ अन्यथा त्यो पाउन सकिदैन्- पर्रोहा गाउँ विकास समितिका सचिव टेकराज भट्टराईले भने । उनका अनुसार बसाइ सरेर गए पनि नगए पनि अर्को बर्षमा भत्ताका लागि दावी गर्ने हो भने गाउँ विकास समितिको कार्यालयमा आएर मिसंर महिना भित्र नाम दर्ता गराई सक्नु पर्छ अन्यथा भत्ता पाउन सिकंदैन ।
जिल्ला विकास समितिको सामाजिक विकास शाखाको तथ्याङ्क अनुसार, रुपन्देहीमा २२ हजार ६ सय ६३ जना वृद्ध