खाचिकोटको डिहिडाँडामा २ दिने अभिमुखिकरण तालिम सम्पन्न

खाचिकोट, अर्घाखाँची । स्थानिय स्तरको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा रुपान्त्तरणिय सामाजिक परिचालन सम्बन्धी २ दिने अभिमुखिकरण तालिम अर्घाखाँचीको खाचिकोट गाबिसको डिहिडाँडा [ चन्द्र प्रभा ,उ.मा.बी ]मा सम्पन्न भ्एको छ।
 


 


नागरिक वडा मंचलाई थप प्रभाबकारी बनाउने उद्य्स्यले आयोजित उक्त २ दिने तालिममा नागरिक वडा मन्चका सद्स्य, सन्योजकलाई, वडा स्तरमा कसरी योजना निर्माण गर्ने? सचेतना केन्द्रका काम कर्तब्य अधिकार दायित्व र भूमिका समन्धित बिषयमा र गाउ र बस्ती स्तरमा, योजनाको निर्माण पकृया योजना छनौट ,आदी बिषयमा जि बि स बाट आएका प्रतिनिधिदय गोपाल पन्थी र राम बहादुर रायमाझीले प्रशिक्षण दिएका थिए  ।
 


 
 


कार्यक्रमको सहजीकरण सामाजिक परीचालिका अर्चना दर्नालले गरेकी थिइन।
 


 


पछील्लो,पटक देशमा स्थानिय निकायको चुनाव नभ्एको र वार्ड प्रतिनिधि बिहिन भ्एकाले वार्ड स्तरका योजना र कार्यक्रमहरु निस्क्रय बन्दै गएकाले स्थानिय बिकास मन्त्रालयले गत बर्ष देखी वार्डमा ‘ नागरिक वार्ड मन्च’ गठन मार्फत बिकास निर्माण ,योजना र अनुगमन गर्ने र बिषयमा नागरिक वार्ड मन्चलाई थप प्रभाकारी बनाउने उदेश्यले यस्ता कार्यक्रमको आयोजना गरेको हो।
 


 


सो कार्यक्रमको अध्क्ष्यता गा बिस सचिब मनिराम भटराइले गर्नु भ्एको थियो। भने, कार्य्क्रमको सफलता र प्रभाबकारीताको बारेमा नेपाली काग्रेसका बिष्णु भुसाल, एमालेका लक्ष्मण कंडेल, राजमोका शोभाखर भटराई, रा.प्र.पाका नारद भटराई र शिक्षक दीपक शाहले मन्त्ब्य राखनु भ्एको थियो।
 


 


कार्यक्रममा सबै वडा बाट १ वटा सन्योजक  २ जना सद्स्य गरी ३ जना र  गाबिसका ९ वडाबाट सहभागी हुने र अन्य गरी  ४० जना नागरिक वडा मन्चका सद्स्यहरुले भाग लिएका थिए ।
 


 


कार्यक्रमको आयोजना जिबिस अर्घाखाँची र सहयोगी सस्था स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम क्लस्टर समन्वय एकाइ पोखराले गरेको थियो।
 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।