अमेरिकाको न्युओर्लिन्समा आएको आईज्याक नामक आँधीको कारण जनजिवन प्रभावित बनेको छ । सात वर्ष अगाडि शक्तिशाली कट्रिना आँधीले तहसनहस बनाएको न्युअर्लिन्समै अहिले आईज्याक आँधी आएको हो ।
कट्रिना आँधीपछि न्युओर्लिन्सको अधिकांश शहरी क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाईएपनि उक्त सुरक्षा प्रविधिको पहुँच भन्दा बाहीरका वस्तीहरु बढी डुबानमा परेका छन् । आँधी र ट्रपिकल वर्षाको क्षती कम गर्न न्यु ओर्लिन्स शहरमा कर्फ्यु लगाईएको छ ।
न्यु ओर्लिन्समा सुमद्री आँधी र तुफानबाट बच्न राज्य सरकारले बलियो तटबन्द बनाएको थियो । तर शक्तिशाली ट्रपकिल वर्षाले निम्त्याएको बाढी शहरभित्र पसेपछि कतिपय स्थानमा कट्रिना आँधीभन्दा पनि बढी क्षती पुगेको बताईएको छ ।आईज्याक आँधीकै कारण क्यारेबियन राष्ट्रहरु हेईटी र डोमिनिक रिपब्लीकमा २४ जनाले ज्यान गुमाएका छन् ।
लुजियाना र मिसिसिपी राज्यका दर्जनौ शहरहरुमा आँधीकै कारण विजुली आपुर्ती वन्द गरिएको छ ।