दक्षिण पर्वतमा भाइरल ज्वरोको माहामारी, सयौ बिरामी, स्कुल लगायत सार्वजनिक सस्था सबै बन्द

पर्वत, ओखलढुंगा। दक्षिण पर्वतको बर्राचौर र रानीपानी गाउं विकास समितिमा फैलिएको भाईरल ज्वरो नियन्त्रणको लागि नेपाली सेनाको स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पुगी उपचार थालेको छ ।

 

टोलीले आज बर्राचौर गाबिसमा डेढ सय बिरामीको उपचार गरेको छ । उपचार गराएका मध्ये ८० प्रतिशत भन्दा बढी भाइरल ज्वरोका बिरामी रहेको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । ज्वरोको प्रकोप फैलिएपछि बर्राचौर र रानीपानीका एक दर्जन बिद्यालय एक साताको लागि बन्द गरिएका छन् ।

 

ओखलढुंगाको कटुञ्जे र पात्ले गाविसमा पनि भाइरल ज्वरोको माहामारी फैलिएका कारण बिद्यालयहरु एक साताको लागि बन्द गरिएका छन् ।

 

विद्यालयका अधिकांश शिक्षक र विद्याथीहरु रुघाखोकी, भाइरल ज्वोरो र टाइफाइडले संक्रमित भएपछि विद्यालय बन्द गरिएको हो ।

 

बच्चाहरुमा अचानक टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने र वेहोस हुने जस्ता लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

 

– RSS