जारी गतिरोध अन्त्यको प्रयासमा जुटेका प्रमुख दलका नेताहरुलाई सबैभन्दा पहिला भावी राजनीतिको गन्तब्य पहिल्याउन राष्ट्रपतिको सुझाव

राष्ट्रपति रामबरण यादवले आफ्नै निवासमा बोलाएर अबको राजनीतिक निकासको प्रक्रियामा स्पष्ट हुन दलहरुलाई फेरि आग्रह गरेका छन्।


राजनीतिक गन्तब्य र प्रक्रियामा कुरा मिलेपछि मात्र अन्य मुद्दामा सहमति जुटाउन सजिलो हुन सक्ने धारणा राष्ट्रपतिले राखेको बताइएको छ।


संविधानसभा विघटन भएको ठीक तीन महिना पुगेकै दिन बिहीबार राष्ट्रपति रामवरण यादव र चार प्रमुख दलका शीर्ष नेताहरुबीच गत जेठ १४ पछि उत्पन्न राजनीतिक र संवैधानिक गतिरोध अन्त्यको उपयुक्त निकासका बारेमा, नेताहरुकै शब्दमा