पोखरा – पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल शुरु गर्न माग गर्दै आन्दोलनमा उत्रिएकाहरुले दुइ दिनका लागि आह्वान गरेको आमहड्ताल फिर्ता लिएका छन् । सरकारले माग सम्वोधन गर्न १५ दिनको समय मागेपछि विमानस्थल निर्माण सरोकार समितिले आमहड्ताल स्थगित गरेको हो । सरोकार समितिले भोलि विहानसम्म भने रिले अनसन जारी राख्ने बताइएको छ ।
विमानस्थल निर्माणको माग गर्दै सरोकार समितिको अगुवाईमा पोखरा विमानस्थल अगाडि भदौ ७ गतेबाट रिले अनसन हुंदै आएको छ । राजनीतिक दलका स्थानीय प्रतिनिधिको समेत समर्थन पाएका सरोकार समितिको आह्वानमा हिजो विमानस्थल निर्माण क्षेत्रमा सांकेतिक निर्माणको काम गरिएको थियो । RSS