पाकिस्तान । पाकिस्तानमा पछिल्लो ४८ घण्टामा भएको बिभिन्न हिंसामा २१ जनाको मृत्यु भएको छ । कराची शहरमा गत ४८ घण्टामा भएको बम बिस्फोट र आतंकबादी आक्रमणमा उनीहरुको मृत्यु र्भएको हो । बिशेष गरी रातको समयमा हिंसा हुने गरेकोले ब्यापारीहरु त्रसित बनेका छन् । ब्यापार ब्यबसाय समेत हिंसाले प्रभावित बनेपछी पाकिस्तानको अर्थतन्त्र डामाडोल बनेको पाकिस्तान सरकारले जनाएको छ ।
हिंसालाई ध्यानमा राखी पाकिस्तानभर सुरक्षाब्यबस्था कडा तुल्याईएतापनि हिंसामा कुनै कमी आएको छैन ।
पाकिस्तानको सुरक्षा ब्यबस्थाका बिषयमा छलफल गर्न पाकिस्तानमा बारम्बार मन्त्रीस्तरीय वार्ता भएपनि कुनै उपलब्धि हासिल हुन नसकेको भन्दै पाकिस्तानी जनताले सरकारको आलोचना समेत गर्न थालेका छन् ।
पाकिस्तानमा गत सोमबार देखि आजसम्म भएको हिंसात्मक गतिबिधीमा कम्तीमा पनि १७० जना मारिएका छन् ।
– Agencies