स्थानिय शान्ति समिति अर्घाखाँचीमा घिमिरे

– उमाकान्त पाण्डे गाउंले  
स्थानिय शान्ति समिति अर्घाखाँचीको सयोजकमा रामजी प्रशाद घिमिरे चयन भएका छन । बुधवार बसेको समितिको बैठकले घिमिरेलाई सयोजकको जिम्मा दिएको हो । 
बैठकमा पूर्व सयोजकहरु भद्र बहादुर खड्का “उज्जवल” , बिष्णु मुस्कान , यमुना भुसाल, सागर केसी , लगायतले आगामी दिनको सफल कार्यकालको शुभकामना दिएका थिए । 
समितिको पहिलोपटक बसेको बैठकले द्वन्दमा क्षतिग्रस्त भगवती मा वि शखेंटारीको सहयोगका लागि शान्ति तथा पुन:निर्माण   मन्त्रालयमा पहल गर्ने निर्णय समेत गरेको छ । 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।