भारतको गुजरातमा भएको नरसंहार मामिलामा दोषी पाइएकी पूर्वमन्त्री तथा भाजपार्टीकी नेतृ माया कोडनानीलाई २८ वर्ष कारागारको सजाय

पूर्वमन्त्री कोडनानीलाई २८ वर्ष जेल सजायको फैसलाभारतको गुजरातस्थित नरोडा पाटियामा भएको नरसंहार मामिलामा दोषी पाइएकी पूर्वमन्त्री तथा भारतीय जनता पार्टीकी नेतृ माया कोडनानीलाई आज त्यहाँको एक विशेष अदालतले २८ वर्ष कारागारको सजाय सुनाएको छ ।

 

उक्त नरसंहारका अर्का दोषी पार्टीका नेता बाबू बजरंगीलाई आजीवन जेल सजायको फैसला तोकिएको छ । सन् २००२ मा भएको उक्त घटनाको १० वर्षपछि सजाय सुनाइएको हो ।


उक्त नरसंहारमा ९७ जना मुसलमानको मृत्यु भएको जनाइएको छ ।  पूर्वमन्त्री कोडनानीलाई त्यहाँको कानून बमोजिम एउटा धारामा दोषी ठहरगरी १८ वर्ष र अर्को धारा बमोजिम १० वर्ष कैद सजाएको फैसला गरिएको हो । अब कोडनानीले जेलमा २८ वर्ष बिताउनु पर्ने बीबीसीले जनाएको छ ।

 

१० वर्षअघि भएको उक्त घटनामा ३२ जनालाई दोषी ठहर गरिएको थियो, जसमध्ये ३१ जनालाई जेल चलान गरिएको थियो भने अर्का १ दोषी आजसम्म फरार रहेको समेत जनाइएको छ । नरसंहरका अन्य दोषीहरु मध्ये ७ जनालाई ३१