ठुला बडाहरुको सम्मान गर्दछु
उनिहरु मलाई कम्जोर ठान्दछन्
अन्यायमा परेकोलाई न्याय दिलाउन खोज्दछु
उनिहरु मलाई जोकर ठान्दछन् |
कोही-कोही मान्छेहरु तिमी राम्रो गरेका छौ भन्दछन्
कोहि-कोही मान्छेहरु सर्बसाधारणको अघी हिरो बन्छ भन्दछन्
कोहि-कोही व्यक्तिहरु स्यावास पनि भन्दछन्
कोहि-कोही व्यक्तिहरु घमन्डी छ पनि भन्दछन् |
आखिर मान्छे यस्तो रहेछ कि धेरै स्वार्थी रहेछ
न आफु गरी खाने न अर्कोलाई गरी खान दिने
एउटालाई समस्या पर्दा अर्कोले निदाएको नाटक गर्दछ
खबरदार निदाएको नाटक नगर किनकी भोली तिम्रो पालो पर्नेछ |