तिजको गीत


कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

 
तिजको लयमा एउटा गीत गाउछु है
मनको बेदना गीतमा पोख्छु है


जहिले सुकै नारी माथि अत्याचार भैरहने
कहिले सम्म लाचार बनी सबै सहिरहने


श्रीमानले हत्या गरे नातीले बलत्कार
कलीयुगको जमनामा भयो चत्कार


आठ बर्से बालिका नि बलात्‍कृत भये छन 
बालक लाई पनि बाँकी कहाँ छोडे छन


बोक्सी भनी महिलालाई मल्मुत्र खुवाएर
जिउदै उन्लाई जलाई दिये जङल लगेर


यो हिन्साको क्रम अब दिनहु बड्दैछ
कानुनको नजर खै कता गैराछ


छिटो भन्दा छिटो यस्को रोक्थाम गरेर
दोसिलाई सजाए दिही गल्ती सुधार


निर्दोसिको आत्माले अनी शान्ति पाउछ कि 
हत्या हिन्सा यो देसमा कम हुन्त्यो कि