– उमाकान्त पाण्डे गाउंले
बुटवल – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रचार बिभाग प्रमुख डा. मिनेन्द्र रिजालले एकिकृत माओबादीले आफ्नो अडान नछाडे जति बर्ष कुरे पनि देशले राजनितीक निकास नपाउने बताउनुभएको छ । एमाओबादिले आफू अनुकलको सिद्धान्त लाद्न खोज्दा अहिले सम्म मुलुकले निकास नपाएको भन्दै माओबादिले अडान त्यागगरे सहमति हने बताउनुभएको हो ।
नेपाल पे्रस युनियन अञ्चल समन्वय समिती लुम्बिनीले बुटवलमा आयोजना भेलाको उद्घाटन गदै नेता रिजालले एमाओबादीले मुलुकमा संबैधानिक रित्तता निम्त्याएर सत्ता लम्बाउने दाउमा रहेपनि आफूहरुले त्यसो हुन नदिने बताउनुभयो ।
सर्वसत्ताबादबाट प्रेरित एमोओबादिले पर्टिको छाप लगाउने संबिघान जारी गर्ने सोंच नछाडेकाले जेठ १४ मा संबिधान नआएको औल्याउनुभयो । उहाले मुलुकलाई निकास दिनका लागि एमाओबादिले त्याग गर्ने हो भने अन्य पािर्ट बिभिन्न एजेन्डाहरुमा सहमति गर्न तयार गरेको बताउनुभयो ।
लोकतन्त्रमा पे्रसको महत्बपुण भुमीकालाई बुझेका एमाओबादिले पछिल्लो समय प्रेसलाई कमजोर बनाउन बिभिन्न गतिबधि गरेकोमा आपत्ती जनाउनुभयो । पुर्बमन्त्री समेत रहेका मन्त्री रिजालले आफु अनुकलको समाचार ल्याउनका लगी ठुला सचार माध्यममा लगानी बढाउने एबं धक्काउने गरेको भन्दै लोकतन्त्रमा प्रेस समान्य नागरीकको हुनुपर्नेमा त्यसको बिपरीत भैईरहेको पनि बताउनुभयो ।
प्रेस युनियनका महासचिब शिब लम्सालले राज्य नै पत्रकारको बिषयमा गम्भिर नभएको बताउनुभयो । उहाले न्यूनतम पारिश्रमिक ऐन पुनराबलोकन सहित मुलुकका सम्पूर्ण मिडियामा कार्यान्यन गराउनु आफुहरु लागेको बताउनुभयो ।
नेपाली कांग्रेस सभापति शुशिल कोईरालाका प्रेस सल्लाहकार बिपुल पोखरेलले लोकतन्त्रमा कसैसंग सम्झौता नहुने बताउनुभयो । प्रेस स्वतन्त्रता बिना लोकतन्त्र मजवुत हुननसक्ने भन्दै उहाले मिडियामा नियोजित रुपमा लगानी गर्नेहरुलाई औंला ठड्याउनुपर्ने बताउनुभयो ।
नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य तथा अञ्चल संयोजक रामराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा यूनियनका पश्चिमाञ्चल क्षेत्रिय संयोजक रमेश पौडेल, मध्यमाञ्चल क्षेत्रिय संयोजक दीपक आचार्य,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरि लम्साल, पत्रकार महासंघका क्षेत्रिय संयोजक मोहन चापागाई,नेपाली कांग्रेस क्षेत्रिय सचिब काजिमान श्रेष्ठ,जिल्ला उपसभापति मनोरमा शेरचन, प्रेस यूनियन पाल्पा सभापति प्रकाश नेपाल, जर्नादन घिमिरे,रुपन्देही सभापति भवानी प्रसाद पाण्डे, लगायतले बोल्दै श्रमजिबी पत्रकार ऐन लागु गर्न कतिपय मिडियाहरु असक्षम देखिएको बताएका थिए ।
पे्रस युनियन रुपन्देहीको आतिथ्यतामा भएको भेलामा लुम्बिनी अञ्चलका युनियन सम्बद्ध पत्रकारहरुको सहभागीता रहेको छ । भेलामा पेसागत हक,अधिकार, सुरक्षा , संगठन सुध्रिडिकरण,पारिश्रमिक ऐन कार्यान्पयन लगायतका बिषयमा छलफल भएको थियो ।