सहमतीबाट मुलुकलाई निकास दिनु पर्छ: उपेन्द्र यादव

– उमाकान्त पाण्डे गाउंले


बुटवल – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतीको आधारबाट मुलुकलाई सबै भन्दा पहिले निकास दिनु पर्ने बताउनु भएको छ ।

 

मधेसी जनअधिकार फोरम नेपाल रुपन्द्येहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले मुलुक राजनैतिक , आर्थीक , संम्बैधानीक संकटमा फसेकाले पहिले मुलुकलाई निकासको बाटो दिनु पर्ने बताउनु भयो । मुलुक रहे मा राजनैतिक दल रहने र भएकाले मुलुक लाई निकास दिई राजनैतीक गतीबिधी गर्न अन्य दलहरुलाई सुझाव दिनु भयो ।

 

संबिधान निमार्ण , निर्वाचन , राजनैतीक निकास , र अन्योलपुर्ण बातावरण हटाउनका लागी पनि दलहरु बिच सहमती आबस्यक भएको उहाले बताउनु भयो । अध्यादेश बाट आएको बजेट सकिन लागीसकेको अवस्थामा मुलुकमा ब्याप्त अस्थीर अवस्थाले मुलुक आर्थिक संकटमा फस्ने बताउदै सहमतीका आधारमा छिटो निकास दिनुपर्ने बताउनु भयो । ९० प्रतिशत संबिधान बनी सकेको बताउदै अध्यक्ष यादवले बांकी १० प्रतिशतका लागी संबिधान सभाको निर्वाचन आबस्य नरहेको बताउनु भयो ।

 

संम्सदको निर्बाचन बाट पनि संबिधान सभाको काम गर्न सकीने भएकाले संसदको निर्बाचन बाट पनि संबिधान बनाउन सकिने बताउनु भयो ।

 

संबिधान सभाको निवार्चन र लगतै संसदको निर्वाचन गर्न मुलुकले आर्थिक रुपमा नसक्ने यादवले बताउनु भयो ।